
कार्तिक २८ पोखरा :
नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । उनी बिहिबार केहीबेर अघि मात्र नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आइपुगेका हुन ।
उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङसहित उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन्
केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।
Leave a Reply