May 8, 2021

यस्तो छ नवनियुक्त प्रदेश प्रमुखको नालीबेली : भोली सपथ खाने

कार्तिक १८ काठमाडौ :

सवै प्रदेश प्रमुखको शपथ भोली
नवनियुक्त प्रदेश प्रमुखको नालीबेली यस्तो ।
सोमनाथ प्यासीः
तत्कालीन नेकपा एमाले पृष्ठभूमिका प्यासी कास्की जिल्लाका पुराना नेता मानिन्छन् । लामो समय एमालेको राजनीति गरेका उनी २०४३ सालको जनपक्षीय निर्वाचन र २०४८ सालमा भएको निर्वाचनमा सांसद बनेका थिए । पछिल्लो समयमा उनी राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि उनलाई निष्ठावान राजनीतिकर्मीका रुपमा धेरैले चिन्छन् ।

तिलक परियारः
गत संविधानसभा निर्वाचनमा एकीकृत नेकपा माओवादीका तर्फबाट बाँके १ बाट निर्वाचित परियार रोल्पाको लिवाङमा जन्मिएका हुन् । परियारले माओवादी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत भएर काम गरेका थिए । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरेको उनलाई चिन्नेहरु बताउँछन् । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइसराईँ गरेका परियार जनयुद्धका बेला बाँके वरपर नै खटिने गरेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मिएका हुन् । अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहेका परियारले दलित जातिका मुद्धाहरुलाई संविधानमा नै सुनिश्चित गराउने पहल गरेका थिए ।

बिष्णु प्रसाईं
झापाका स्थायी बासिन्दा प्रसाईँ गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा उम्मेद्वार बनेका थिए । तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका प्रसाईँ २०५४ मा एमालेको तर्फबाट जिविस उपसभापति समेत भएका थिए । प्रसाईँलाई स्थानीय तहको निर्वाचनमा काँग्रेसका विमल आचार्यले पराजित गरेका थिए ।

अमिक शेरचनः
तत्कालीन राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत भइसकेका र हाल नेकपाका नेता रहेका अमिक शेरचन चितवन निवासी हुन् । उपप्रधानमन्त्रीसमेत भइसकेका शेरचन कुनैबेला राष्ट्रपतिका लागि समेत चर्चामा थिए । जनमोर्चा, माओवादी केन्द्र हुँदै नेकपाका नेता बनेका शेरचन पार्टी भित्रका सीधा नेताका रुपमा परिचित छन् ।

धर्मनाथ यादवः
सिरहा जिल्लाका पुराना एमाले नेता भनेर चिनिन्छन् यादव । प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट समानुपातिक सूचीमा नाम भएपनि उनी सांसद बन्न भने पाएनन् । साहको नाम अझै पनि समानुपातिक सूचीमा नाम देख्न सकिन्छ । स्नातक तहसम्मको अध्ययन गरेका उनी मिर्चैया गाविसका स्थायी बासिन्दा हुन् ।

गोविन्द कलौनीः
डडेल्धुराका कलौनीले लामो समय शिक्षण पेशा अंगालेका थिए । उनी शिक्षण पेशामा रहँदा ‘हेडमास्टर’ समेत बनेका थिए । २०६४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट उम्मेद्वार बनेका उनी २०४८ को निर्वाचनमा उम्मेदवार बनेर पनि पछि फिर्ता लिएका थिए ।

शर्मिला त्रिपाठीः
तत्कालीन माओवादी जनयुद्धमा राज्यतर्फबाट मारिएका तत्कालीन माओवादीका नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् शर्मिला । माले हुँदै माओवादीको राजनीतिमा लागेकी उनी हाल काठमाडौँ निवासी हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*