May 12, 2021

पोखरा विमानस्थलमा स्याल धपाउन ६ जना खटिए ।

प्रतीकात्मक तस्वीर

कार्तिक १६ पोखरा :

पोखरा विमानस्थल अहीले काठमाडौं, भरतपुर, जोमसोम, भैरहवा लगायतका पर्यटकीय क्षेत्रको मुख्य गन्तव्य हो ।

दुर्घटना नहोस भन्नका लागि पोखरा विमानस्थल कार्यालयले अहीले ६ जनालाई धावनमार्गमा स्याल धपाउन खटाएको छ । त्यसमा दुई जना चरा धपाउन खटिने कर्मचारी चार जना सुरक्षा गार्ड र माली रहेका छन् ।

काठमाडौंबाट पोखरा आउदै गरेको बुद्ध एयरको एटिआर ७२ को आइनएन एएमवाई कलसाइनको जहाज अवतरण गर्नै लाग्दा एकाएक उचाइ लियो । धावनमार्गमा स्याल देखेपछि अवतरणको अन्तिम तयारीमा रहेको जहाजले एकाएक उचाई लिनु परेको थियो ।

विमानस्थलमा स्यालका कारण जहाज उडान र अवतरणमा समस्या हुँदै आएको देखिन्छ । स्यालकै कारण बुद्ध एयरका जाहजले बस्नै लाग्दा उचाइ लिन निर्देशन दिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।

चिसो बढेसँगै अहिले बिहानको समयमा नजिकै झाडी रहेको र त्यहाँबाट धावनमार्गमा घाम ताप्नका लागि स्याल निस्कीने गर्दछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*