September 26, 2021

पोखराको लेकसाइडमा १३औं संस्करणको भाइटीका महोत्सव हुने

रोहीत वस्नेत
कार्तिक ११ पोखरा :

हिन्दुहरुको दोश्रो महान चाड तिहारको मुख्य दिन भाइटीकाको अवसर पारेर पोखराको लेकसाइडमा १३औं संस्करणको भाइटीका महोत्सव हुने भएको छ ।

संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले प्रत्येक बर्ष आयोजना गर्दै आएको भाइटीका महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राहरु महोत्सवमा सहभागी भई विदेशी पर्यटकलाई भाइटीका लगाइदीने छन् ।

पर्यटकहरुलाई निधारमा सप्तरंगी टिका लगाईदिनुका साथै सयपत्री फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरुलाई सल समेत प्रदान गरी पर्यटकहरुलाई सेलरोटी, अचार सहित मिठा मिठा परिकार समेत खुवाउने छन् ।

पर्यटकहरु १५ डलर तिरेर महोत्सवमा सहभागि भएर आतिथ्यता सत्कारका साथ भाइटीका लगाउन पाउँदा नेपालको सांस्कृतिक पर्व तिहार साँच्चिकै रमाइलो र आत्मिय रहेने छ भने देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रसार, पर्यटकहरुलाई नौलो अनुभूति हुनुका साथै रंगीविरंगी टीका,सौहार्दपूर्ण व्यवहारको बातावरणमा रमाउन पाउने यस्तो प्रकारको कार्यक्रमले आपसी अन्तराष्ट्रिय भाइचारा स्थापना गर्न पनि सघाउ पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।

नेपाल पर्यटनबोर्डको सहयोगमा हुने उक्त भाईटिका महोत्सव लेकसाईडको मुख्य पर्यटकीय स्थल बटरफलाई फाउण्डेशनको भवनमा हुने जानकारी प्राप्त भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*