August 5, 2021

पोखरा लेकसाइडको पर्यटकिय होटल गुडविलबाट जुवाडे पक्राउ

असोज २९ पोखरा :

पोखरा लेकसाइडको डिहीकोपाटन स्थित होटल पोखरा गुडविलबाट ५ जना जुवाडे पक्राउ परेका छन् ।

होटलमा अवैध रुपमा जुवातास खेलीरहेको अवस्थामा ३ वुक तास र नगद रु ३३ हजार ८ सय १० रुपैयाँ सहित कास्की प्रहरीले मंगलबार ५ जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा – ५ का ६० बर्षीय सत्यनारायण मण्डल, पोखरा (६ का ५४ बर्षीय मदन केसी र ४८ बर्षीय टिकाराम सापकोटा, पोखरा – ८ बस्ने ६२ बर्षीय दिपक श्रेष्ठ, पोखरा (४ बस्ने ५८ बर्षीय तोप बहादुर थापा रहेका छन् ।

पक्राउ परेकाहरु उपर जुवा मुद्दामा कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*