December 4, 2021

नेपालको नाम विश्वमा फहराउदै राष्ट्रपति सी स्वदेश फिर्ता

असोज २६ काठमाडौ :

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्खिएका छन्। शनिबार अपरान्ह नेपाल आइपुगेका सीले हिजै राजनीतिक भेटवार्ता सुरू गरे। शनिबार साँझ उनले राष्ट्रपति भवन शितल निवास पुगेर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे।

सी राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । आफूले निम्त्याएका पाहुनाको सम्मानमा भण्डारीले शनिबार राति सोल्टी होटलमा रात्री भोजको आयोजना गरिन्। नेपालीमा नमस्ते भन्दै सम्बोधन सुरू गरेका सीले अन्त्यमा गिलास उठाउँदै भनेका थिए ..चियर्स । ग्याम्बे !

त्यसपछि भोजमा सहभागी सबैले पेय पदार्थका गिलास उठाए। राष्ट्रपति भण्डारीले पनि गिलास उठाइन् सी र भण्डारीले गिलास आपसमा ठोकेर चियर्स गरे ।

राष्ट्रपति सी चिनफिङ को सम्बोधन

नमस्ते,
चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु ।

यो मेरो काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें। नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित छु। भविष्यप्रति मेरा आशाहरू जागेका छन्। मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।

चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धको विषद् नमूना पेश गरेका छन्। मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालबीच कुनै समस्या छैन, मित्रता मात्र छ

सम्माननीय राष्ट्रपति भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं। मलाई आशा छ, दुई देशबीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।

हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं। केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्ग परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गर्नेछौं। र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं। मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी बढ्नेछ।

भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं। सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं। हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरूमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं। दुई देशका बढीभन्दा बढी शहरहरूलाई भगिनी सहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं। जसबाट दुई देशबीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं।

भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्ध धर्म मान्ने मान्छेहरूको संख्या संसारमा सबैभन्दा बढी छ। हुन त भारत र नेपालमा पनि बुद्ध धर्मका अनुहायी बढि नै छन्। नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ। मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँहरूले नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदानप्रदानका लागि पनि आउनेछन्। मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन्।

वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ। हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताहरूमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं। नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।

मलाई धेरै खुसी लागेको छ, सबै नेपाली नेताहरूसँग हामीले मतैक्य हासिल गरेका छौं। यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सकेकोमा म अत्यन्तै खुसी छु। भोलि म प्रधानमन्त्री केपी ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचार आदानप्रदान गर्नेछु। म प्रायः भन्ने गर्दछु, हामीले बनाएका र अघि बढाएका योजनाहरुलाई पूरा गरेरै छोडौं। हामीले चीनमा पनि यस्तै गरेका छौं ।

भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं। र दुई शतवाषिर्कीका दुई लक्ष्य पनि अघि बढाएका छौं। यसको पहिलो लक्ष्य हामी आगामी वर्ष साकार तुल्याउने छौं। दोस्रो लक्ष्य चाहिँ ३० वर्षपछि मात्र पूरा होला। तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ।

हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविष्य पनि निर्माण गरौं। अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु। नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स ! ग्याम्वे ।

नेपाल र चीनबीच २० वटा सम्झौता
नेपाल र चीनबीच हस्ताक्षर तथा आदानप्रदान भएका पत्रहरु –
१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीचको सम्झौता
२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू
३. अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि
४. नेपाल र चीनबीच सगरमाथारझुमुलाङमा संरक्षण समन्वयबारे एमओयू
५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू
६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट
७ . चीन(नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू
८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी
९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सि’यन शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी
१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू
११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू
१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता
१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल
१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू
१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र
१७ . नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू
१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू
१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर
२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*