October 25, 2021

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ठुलो भ्रष्ट्रचार पर्दाफास हुने डरले कुटीए ईन्जिनियर

असोज १६ पोखरा:

आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप

पोखरामा बन्दै गरेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका एक प्राविधिक आयोजना प्रमुखबाट कुटिएको आरोप लगाएका छन् ।

आयोजना प्रमुख प्रदिप अधिकारीको टिमले आयोजनामा काम गर्दै आएका पेमेन्ट इन्जिनियर अनिल कार्कीमाथि बुधबार राती सांघातिक हमला भएको हो । आफुलाई पार्टी छ भनि बोलाएर बेलुका योजनाबद्ध रुपमा आफुलाई कुटपिट गरेको कार्कीले बताएका छन् ।

कुटपिटबाट गम्भिर घाइते भएका कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनको आँखामा गम्भिर चोट लागेको छ । उनको घाँटी र टाउकोमा पनि चोट लागेको छ । उनले आफुलाई रड र बोतलले प्रहार गरेको कार्कीले बताएका छन् । उनले आफु घाइते भएर बेहोस हुदा पनि कार्यालयले आफ्नो बारेमा कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

आफुले पहिला देखिनै अनियमिताको बारेमा बोल्दा ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको कार्कीले बताएका छन् ।

आयोजना प्रमुख प्रदिप अधिकारीले कन्ट्रयाक्टर सारदामोहन भट्टराइलाई विमानस्थल भित्रको गिटी र ढुङ्गा बेच्न निर्देशन दिएको र कार्कीले बेच्न नमिल्ने अडान राखेपछि आक्रमण गरेको कार्कीले बताएका छन् । आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप पनि लगाएका छन् । उनले आफु जहिले पनि अनियमितताको विरुद्धमा बोल्दा आफुलाई आक्रमण गरेको बताएका छन् ।

कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । यस विषयमा थप जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*