October 24, 2021

राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने (वोटेफ)

असोज १० पोखरा :

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित तालिम लिएका छन् ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत केशव उप्रेतीले राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने राज्यलाई तिरेको करबाट देश विकास हुने भएकाले कर छल्नु आर्थिक अपराध भएको बताए । राज्यले प्रोत्साहन र दण्डको व्यवस्था गरेकाले विल लिने र दिने वानीको विकास गर्न उहाँले व्यवसायी महिलालाई आग्रह गरे । अहिले १५ सय अर्बको बजेटमा जम्मा ९ सय ८५ अर्ब राजश्व संकलन लक्ष्य राखिएको जानकारी दिदै ९ सय ८१ अर्ब चालु खर्च हुने गरेको जानकारी समेत गराए ।

कर कुनै पनि प्रतिफलको आशा नगरी राज्यलाई गर्ने अनिवार्य योगदान भएकाले ‘ मैले राज्यबाट के पाएँ भनेर भन्दा पनि मैले राज्यलाई के दिएँ भनेर सोच्नु पर्ने उनको भनाइ थियो । कर अधिकत उद्धवराज न्यौपाने कर किन तिर्ने रु कर तिर पछिका फाइदा र कर नर्तिदा हुने वेफाइदाको बारेमा सहजीकरण गरेका हुन् । उनले संघीय सरकारलाई तिर्नुपर्ने करको बारेमा जानकारी सँगै प्रदेश र स्थानीय सरकारले लगाउने करका क्षेत्रको बारेमा समेत जानकारी गराए । साना ठुला व्यवसायी करको दायरामा आउन सके राज्यले वैदेशिक ऋणबाट मुलुक चलाउनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । कर नीतिको बारेमा व्यवसाय र आयआर्जनमा गर्ने सबैले जान्नैपर्ने उनले बताए ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले करको बारेमा राम्रो जानकारी नहुँदा कर प्रति व्यवसायीको सकारात्मक दृष्टिकोण बन्न नसकेको बताइन् । प्रशिक्षणले करको विविध विषयको बारेमा राम्रो जानकारी लिन सफल भएको उनको भनाई थियो । कार्यक्रम संयोजक सुशिला सिग्देलले व्यवसाय सञ्चालन गर्ने कति महिलाहरुले करको बारेमा राम्रोसँग नबुझ्दा जरीवाना तिर्नुपर्ने अवस्था सृजना भएको बताइन् । कर नबुझेसम्म एकदम जटिल विषय जस्तो लागे पनि बुझे पनि सहज हुने धारणा राखिन् । तालिममा सहभागिहरुले कर किन तिर्ने रु त्यसबाट के फाइदा हुन्छ रु करका दायरका के के हुन् रु महिलाले व्यवसाय गर्दा हुने कर छुटको बारेमा विविध जिज्ञासाहरु राखेका थिए । व्यवसायी महिलाको जिज्ञासाको जवाफ प्रमुख कर अधिकृत उप्रेती र कर अधिकृत न्यौपाने दिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*