
रोहीत वस्नेत
असोज ८ पोखरा : नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरु जहाँ पुगेपछि यी स्थान मन नपर्ने मानिसहरु बिरालै भेटिन्छन् । जीवनमा कम्तीमा एक पटक नेपालका यी स्थानहरुको भ्रमण गर्न नबिसर्नु होला ।
आन्तरिक पर्यटकीय भ्रमणका लागि अहिले हरेक स्थान उत्कृष्टमा परेका छन् । विदेशी पर्यटकभन्दा अहिले स्वदेशीहरू नै आन्तरिक पर्यटकका रूपमा भ्रमणमा निस्कने क्रम बढ्दो छ । अहिले विदेशीलाई मात्र नभएर स्वदेशी एवं अन्तरिक पर्यटकका लागि नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त रमणीय स्थल छन् । यहाँहरु पनि आफूलाई कुन मन पर्छ सोही गन्तव्य रोजेर घुमफिरमा निस्कन सक्नुहुनेछ ।
विगत केही वर्ष देखि नेपालीहरू दसैं, तिहार र छठ पर्वलगायतको लामो बिदामा परिवार सँग घुम्न जान थालेपछि धेरै गन्तव्यस्थल हरू आवश्यक पूर्वाधार निर्माणसहित तयार भएका छन् । राम्रो आम्दानी हुनेहरू विदेश भ्रमणमा घुम्न जान्छन् । कम आम्दानी गर्नेहरू नेपालकै विभिन्न ठाउँहरू मा नै घुम्छन् । यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीहरूमा पनि बिस्तारै घुम्ने संस्कृति विकास भएको मानिन्छ । यातायात, सञ्चार, होटलजस्ता पर्यटकीय पूर्वाधार विस्तारका गतिविधिले अहिले घुमफिर गर्ने संस्कृतिलाई थप मलजल पु¥याएको छ ।
मेरो सूचीमा दशैं बिदामा घुम्नलायक स्थानमा पोखरा पहिलो नम्बरमै पर्छ । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । यहाँहरु पनि यि दश गन्तव्यहरु जुन स्थान मन पर्छ त्यहाँ गएर भरपुर मनोरञ्जन लिनुहुनेछ ।
मुक्तिनाथ
तीर्थस्थल — १
हिन्दू र बौद्धमार्गीको समेत धार्मिक तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्यमा पहीलो हो । ३ हजार ७१० मिटर उचाइमा रहेको यस धार्मिक तीर्थस्थल मुक्तिनाथले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलका रूपमा पहिचान कमाएको छ । धार्मिक तिर्थस्थल चार धामको अन्तिम धाममा पर्ने मुक्तिनाथ ठुलो शक्तिपिठ भनेर विश्वसामु परिचित छ ।
मुक्तिनाथ क्षेत्रमा जान हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ ।

मुक्तिनाथ
तीर्थस्थल खयर भारानी देवीको मन्दिर — २
उत्तरी म्याग्दीको पाउद्वार गाउँको शिर तथा अन्नपूर्ण हिमालको फेदीमा खयर भारानी ताल रहेको छ । तालको छेवैमा खयर भारानी देवीको मन्दिर छ । खयर भारानी मन्दिरमा वर्षको एकपटक जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ । त्यस दिन यहाँ भक्तजनको घुइँचो नै लाग्छ ।
समुद्री सतहदेखि चार हजार चार सय ३० मिटरको उचाइमा रहेको खयर भारानी क्षेत्र निकै मनमोहक छ । ताल डाडा पहाड र हिमालले घेरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि माछापुच्छ्रे, लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । हिमालमा हिउँ बगेको (आइसफल) दृश्य यति मनमोहक लाग्छ कि मानौँ, अप्सराहरु चिप्लेटी खेलिरहेका छन् । बिहानीमा मौसम सफा भएका बेला वरपरका भिरालो भुगोलको हरियाली सुन्दर देखिन्छ ।
यस क्षेत्रमा परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किंवदन्ती छ । जसमा
जेठि : (खयर भारानी ) पाउद्वार
माइली : (ताल भारानी ) फेवा ताल पोखरा
साइली : ( पेरी भारानी ) घराम्दी
काइली : ( मणी भारानी ) काफल डाँडा दोवा
थाइली : ( गोर्से भारानी ) पाउद्वार
राइली : ( काली भारानी ) पाउद्वार
ठुलो कान्छी : ( श्री भारानी ) खिबाङ
अन्तरे कान्छी : ( किमो बोटको भारानी ) नार्च्याङ
कान्छी : ( नाकाजी भारानी ) शिख रहेका छन् ।
खयर बाराही देवीको पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ

भुरुङ्ग तातोपानी—३
बेनी–जोमसोम–कोरला सडक अन्तरगत पर्ने उत्तरी म्याग्दीमा भुरुङ्ग तातोपानी पर्दछ। मुलबाटै ५० डिग्री सेल्सीयस तातो पानी निस्कीए पछि त्यस पानीलाई व्यवस्थापन गरी तिन वटा कुण्ड बनाईएको छ । म्याग्दी र मुस्ताङको सिमाना नजिक पर्ने भुरुङ तातोपानीमा नुहाउने विदेशी तथा स्वदेशी पर्यटकहरुको घुँईचो लाग्ने गदर्छ । विभिन्न देशहरुबाट आएका पर्यटकहरुको तातोपानी कुण्डमा दैनिक एक सय जना पर्यटकहरुले नुहाउने गरेको भुरुङ्ग तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । व्यवस्थापन समितिका अनुसार एक पटकमा ४० जना सम्मले नुहाउन सक्ने सो तातोपानी कुण्डमा गत बर्षसम्म दैनिक ५०र६० जना पर्यटक आउने गर्दथे । चर्मरोग उच्च रत्तचाप मर्केको ढाड दुखेको प्यारालाइसिस ग्यास्ट्रिक जस्ता रोगका बिरामीहरु निको हुने भएकाले उपचारका लागि विदेशबाट आउने पर्यटकहरुको चाप बढेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानीमा एन्टीबायोटीक तत्व हुने भएकाले एउटै कुण्डमा नुहाँउदा एक व्यक्तिको रोग अर्कामा सर्दैन् ।

पुनहिल —४
अहिलेसम्म संसारकै सबैभन्दा उत्कृष्ट पदयात्रा मार्गका रूपमा परिचित नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक(घोरेपानी(पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान उपयुक्त हुन्छ ।
म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रुपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ ।

पोखरा—५
विश्वको पर्यटकीय राजधानी पोखरा मध्य नेपालमा पर्दछ । पोखरा नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको शहर पनि हो । पोखरा तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका तथा सफा र शान्त वातावरण पोखराको विशेषता हो । । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।
पोखराको मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया जीवनमा बिर्सिनसक्नुका साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ पोखरा पश्चिमान्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो ।
आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तब्य नेपालमा छैन ।
तपाई सारङकोट जानुस या धम्पुस, घान्द्रुक, शान्ति(स्तुपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । पोखरामा पर्यटनका अनेक आयामको विकास भएको छ । त्यहाँ पुगेर केवल खाने र बस्ने मात्र होइन, तपाईले प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमान्चक गतिविधिमा भाग लिन सक्नुहुन्छ ।

सुपादेउराली मन्दिर—६
पश्चिम नेपालको कपिलवस्तु गोरुसिङ्गे बाट – अर्घाखाँचीको सन्धिखर्क सडकअन्तर्गत साँघुरो सडककिनारमा अवस्थित रहे पनि प्रख्यात सुपादेउराली मन्दिरको महिमा ठूलो छ । चारैतर्फ अग्लाअग्ला पहाड, हरियालीयुक्त शान्त र चिसो वातावरणमा रहेको यो मन्दिर सम्पूर्णका लागि धार्मिक स्थल बनेको छ । धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ भने शक्तिशालि देवीको रुपमा नेपालका कुना कुना लगायत भारतीय पर्यटक समेत यसको दर्शन गर्न आउने गर्दछन् ।

लुम्बीनी—७
गौतम बुद्धको जन्म स्थल हो लुम्बीनी । हाल योठाउँ नेपालको प्रदेश नं ५को लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विश्वभरका बौद्धप्रति आस्था राख्ने भक्तजनहरुका लागि यो स्थल मुख्य धार्मिक केन्द्रको रुपमा रहेको छ । पाँच हजार बर्ष अघि बुद्धको जन्म भएको यो ठाँउ आज पनि धेरै यस्ता तथ्ये प्राप्त भएका छन् जस्ले बुद्धको जन्म यहि ठाउँमा भएको हो भन्ने प्रमाण दिन्छ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक बर्ष लाखौं मनिसहरु आउँछन। लुम्बिनी सम्भावना बोकेको ठाउँँ हो। पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ। यसको बिकास र प्रवर्द्धन अती आवश्यक छ। यो एकपटक घुम्नै जानुपर्ने ठाउँँ हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज—८
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही सिकार आरक्षका रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षका रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जान हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ ।
आदिवासी थारु समुदायसँगै दशैं मनाउने मुडमा बर्दिया जानुस्, अविश्मरणीय बन्ने छ । बर्दिया जान कम्तिमा ४ , ५ दिनको समय निकालेरै जानुहोस् । पारिवारिक भ्रमणका लागि यो उपयुक्त गन्तब्य पनि हो ।
तपाई यहाँ होमस्टेमा बस्दा सबैभन्दा राम्रो । किनकी थारु समुदायको दशैंलाई अनुभव गर्ने मौका मिल्छ । जताततै हरियाली, न जाडो(न गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तब्य आम नेपाली यात्रुका लागि उपयुक्त हुन्छ ।
बर्दिया यात्राका दौरान चिसापानीको माछा, कर्णालीको आकर्षक पुल अवलोकन तथा बर्दिया बसाइँमा थारु समुदायका मौलिक परिकारमा जोड दिनुहोस् ।

चितवन राष्ट्रिय निकुञ्ज—९
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहाँ वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् ।
यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ ।

दामन— १०
समुन्द्री सतहबाट करिब २५ सय मिटर उचाईमा रहेको मकवानपुर जील्लाको दामन पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । राजधानीबाट नजिक रहेको दामनमा राम्राराम्रा होटल तथा रिसोर्टसमेत खुलेका छन् । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृश्यावलोकनका लागि परिचित रहेको छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, बनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।
भुकम्प र नाकाबन्दी पछि सुस्ताएको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले धान्दै आएको अहिलेको अवस्थामा शहरिया व्यस्त जीबनशैली बाट छुटकारा पाउन र शरिरलाई उर्जाशील बनाउन चाहनेका लागि दामन उपयुक्त विकल्प रहदै आएको छ ।
नेपालकै सितल टावर कहाँ पर्छ रु मकवानपुरको दामनमा । कुनैबेला हाजिरी जवाफमा सोधीएको यहि प्रश्नको जवाफ दिएका विद्यार्थीहरुले रुचाएको ठाउँ हो, दामन । मकवानपुरकै पर्यटकीय गन्तव्य, दामन । प्रदेश–३ सरकारले घोषणा गरेको ‘दामन घुमफिर वर्ष २०७५’ ले चिनाएको, दामन । संघीय सरकारले देशभरमा घोषणा गरेको एकसय पर्यटकीय गन्तव्य मध्येको एक ठाउँ हो, वि।सं। २०१३ सालमा खुलेको नेपालकै पुरानो राजमार्ग त्रिभुवन राजपथले फन्को लगाएको ठाउँ पनि दामन नै हो ।

Leave a Reply