May 12, 2021

विदेशी ज्वाइँलाई सरकारले तत्काल नागरिकता नदिने निर्णय

भाद्र २६, काठमाडौं :

सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता नदिने निर्णय गरेको छ ।
नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

तर, समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताए । विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्न यसका लागि ३र४ वर्ष समय लाग्ने उनले बताए ।

यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*