May 16, 2021

सीता एयरको जहाज ठुलो दुर्घटनाबाट बच्यो

भाद्र १८ सोलुखुम्बु:

लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एअरको जहाजको इन्जिन तीन मिनेटमै ‘फेल’ भएको थियो ।

जहाज चालकले सकुशल अवतरण गराएपछि जहाज दुर्घटना हुनबाट बचेको हो । लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इन्जिन उडानकैक्रममा फेल भएको थियो ।

विमानको एउटा इन्जिन फेल भएपनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए ।

सो जहाजमा चालकदलका तीनजनामात्रै सवार थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कंदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण लुक्लाका प्रमुख अधिकारीकाअनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*