May 15, 2021

पर्यटन यातयात व्यवसायी संघ गण्डकी प्रदेशमा पुन : बोबरजंग गुरुङ

भाद्र १३ पोखरा :

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभा तथा प्रथम अधिवेशनबाट पुनः बोबरजंग गुरुङ अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् ।

जसको प्रथम उपाध्यक्षमा बाबुराम पाण्डे, द्धितिय उपाध्पक्षमा दुर्गा दाहाल, महासचिवमा सुरेश दाहाल, सचिवमा कुमार आचार्य, कोषाध्यक्षमा दीपेन्द्र ढकाललाई चयन गरिएको छ भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुजन बराल, ताराप्रसाद गौतम, रविप्रसाद आचार्य र भवानी प्रसाद आचार्य चयन भएका छन् ।

प्रमुख अतिथि उधोग् पर्यटन वन तथा बाताबरण मन्त्री बिकास लम्सालले भारतीय नम्बर प्लेटका सार्वजनिक सवारी साधानले पोखरा लगायत पर्यटकीय स्थलका लोकल साईडसिन क्षेत्रमा पर्यटकहरुलाई ओसार पसार गर्न नपाउने तथा नेपाली प्राइभेट साधनको हकमा सरकारले दिएको नियमका आधारमा सवारी साधन प्रयोग गर्न आग्रह समेत गरेका थिए ।

नव निर्वाचित अध्यक्ष बोबरजंग गुरुङले छीमेकी मुलुकका सिमा नजीकै भएका रेल तथा हवाई अण्डामा सहजतापूर्वक पर्यटकलाई ल्याउन तथा पुराउने व्यवस्था भएमा धेरै राहात हुने कुरा बताउँदै नेपाल भ्रमण वर्षलाई सफल बनाई सफल तथा समृद्ध नेपाली सुखी नेपाली बनाउने अभियानमा सरकारलाई सहयोग गर्न समेत पछी नपर्ने कुरा वताए । उनले अगाडी भने चाईना सिमाबाट नुन, सुन र उन जस्ता अत्ति आवश्यक बस्तु जस्तै पर्यटकहरुलाई पनि ल्याउने पुराउने व्यवस्था हुन पर्नेमा जोडदार माग गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्चीवी पोख्रेल, पर्यटन व्यवसायीहरु बाँसु त्रिपाठी, अग्नि कँडेल, लक्की कार्की लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संघले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय व्यवस्थापक राजेश घर्ती थापालाई सम्मान गरेको छ भने उत्कृष्ट चालकको रुपमा सापकोटा एडभेन्चर प्रा।लि।का तेजबहादुर राईलाई सम्मान गरेको छ राई विगत आठ वर्षदेखि एउटै कम्पनीमा चालकको रुपमा कार्यरत राईलाई पुरस्कार स्वरुप नगद १५ हजार प्रदान गरिएको छ ।

हाल पोखरामा हरियो नम्बर प्लेट भएको गाडी र त्यसमा करिब ४ अर्ब लगानी रहेको पाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*