May 16, 2021

फेवातालमा केही व्यत्तिहरुको नाममा लालपूर्जा भए तत्काल लालपूर्जा सरकारलाई बुझाउन आग्रह : मन्त्री योगश भट्टराई

भाद्र ११ पोखरा :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दुइ चार पैसाको लोभमा फेवातालको किनारमा ठुला ठुला विल्डीङ्ग नवनाउन आग्रह गर्दै फेवाताल मुनि केही व्यत्तिहरुको नाममा लालपूर्जा भए तत्काल लालपूर्जा सरकारलाई बुझाउन मन्त्री भट्टराईले अनुरोध गरे ।

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा आयोजित स्वागत तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले फेवातालको सौन्दर्यताको लागि रोजगार बृद्धि र आय(आर्जनको लागि प्याकेज बनाएर काम गर्न मन्त्रालयसंग छलफल गर्ने गरी पोखराको पर्यटन प्रवर्द्धन गर्ने बिषयमा स्थानिय, प्रदेश र केन्द्रिय सरकार मिलेर के के गर्ने त्यसमा कुन सरकारको के कस्तो भुमिका खेल्ने त्यसमा आफ्नो दाहित्व वहन गर्न तयार रहेको मन्त्री भट्टराईले बताए ।

हिमागृह र रत्नमन्दिरलाई व्यवसायीक प्रयोजनको लागि प्रयोग गर्न सकिने बताउँदै जति सक्दो चाँडो पोखराका पर्यटन व्यवसायी हरु तथा नेपाल ट्रष्टको कार्यालय सँग सहकार्य गरी अगाडी बढ्ने कुरा बताए ।


अबको ९० दिन पछि काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा ठुलो परिवर्तन गराउने फोटो खिच्ने स्क्यानर, फिङगर प्रिन्ट, रेटिना, पासपोर्ड रिडिङदेखि सबै जसो नयाँ प्रविधि जडान गरिने मन्त्री भट्टराईले बताए । केही समय पछि अध्यागमन प्रक्रियामा धेरै सहज हुने हप्ता दश दिन भित्र आन्तरिक सहितको अन्तराष्ट्रिय विमानस्थलमा १५ देखि ३० मिनेटमा लगेज उपलब्ध गराउने गरी सिस्टम परिवर्तन गराउन लागेको मन्त्री भट्टराईले बताए ।

नेपाल एयरलायन्स मुत्यूको मुखमा पुगेको एयरलायन्सलाई मृत्यु हुन दिएर मलामी जाने की जयजयकारमा जाने दुई बाटो मध्ये हामीहरु जयजयकारमा जाने बाटोमा छौं नेपाल एयरलायन्सलाई अरु वित्तीय संस्था तथा निजी क्षेत्रले लगानी गरी कम्पनी मोडलमा लैजाने तयारी भएको बताउदै कम्पनीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । जसले लगानी गर्छ उनीहरुले नै सिईओ छनौट गर्ने व्यवस्था मिलाउने कुरा बताए । उनले भने नेपाल एयरलाइन्सलाई अझै दोहोन गर्नु भनेको नेपाल आमाको रगत चुसे सरह हो नेपाल एयरलाइन्सको अवस्था त्यस्तै अवस्थामा पुगेको नेपाल आमा माथि अक्रमण गर्न नदिने गरी नेपाल एयरलाइन्सलाई कुनै समयमा नाफामा जाने गरी कम्पनीमा लैजाने गृहकार्य भएको उनले बताए ।

पोखरा विमानस्थल अत्याधुनिक विमानस्थलकोरुपमा निर्माण हुने मन्त्री भट्टराईले बताए । उनले भने पहीला पोखरालाइ बचाउनुस तेस पछि सव कुरा आफै राम्रो हुन्छ कसैको शक्ति प्रयोग गर्न नपर्ने उनले बताए ।

१२ वटा पर्यटन सम्वद्ध संघ संस्थाहरसंगको सहकार्यमा परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले मन्त्री भट्टराईलाई १२ बुंदे माग पत्र पेश गरेका थिए । सांसद राजिव पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, पर्यटन व्यवसायी भरतराज पराजुली, गोपी बहादुर भट्टराई, गणेश भट्टराई, गोविन्दराज पहारी, लक्की कार्की, हरि भुजेल, सुर्य बहादुर भुजेल लगायतले पोखराको पर्यटन प्रवर्द्धनमा सरकारको तर्फबाट लगानी नगरेको गुनासो गरेका थिए ।

आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरामा निर्माणाधीन अबस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गरे ।

करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र निर्माण सम्पन्न गर्ने गरि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा चाइनिज कम्पनीले लिएको हो । हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*