September 26, 2021

डीएसपीले झपार्दा पर्यटन व्यवसायी चुप

पोखरा, ५ भदौ

पट्यारलाग्दो कार्यक्रममा सात जना बोलेपछि आठौं नम्बरमा उनको पालो आयो । रेवान पोखराको २५ औं वार्षिक साधारण सभा लेखिएको ब्यानर मुन्तिर उभिएर उनी बोल्न थाले । ‘म लामो बोल्दिनँ, ३ मिनेटभित्रमै आफ्ना भनाइ सक्छुु’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी कोमलविक्रम शाहले विहीवार आफ्नो भनाइ यसरी नै शुरु गरे ।

उद्घोषकले ३ मिनेट भने पनि उनले अलि लामै बोले । ‘लेकसाडको कुन होटलमा तोडफोड भएको छ रु कुन रेष्टुरा फोरिएको छरु कि कुनै पर्यटकमाथि हातपात भएको छरु’ दिग्गज पर्यटन व्यवसायीबीच उनले प्रश्नको भेल छुटाउन थाले, ‘कुनै चोरीको खबर सुन्नुभएको छ लेकसाइडमा, कि ग्याङफाइट भएको छ यहाँ रु’ पर्यटन मन्त्री विकास लम्साल पनि माउण्ट कैलास होटलको त्यही हलमा डीएसपी शाहलाई सुन्दै थिए । प्रश्नैप्रश्नका बीच हलको गुनगुन र साइड टक एकाएक शान्त भयो ।

डीएसपी शाह अझै रोकिएनन् । चोरी भनेको त्यही वडा कार्यालय चोरिएको केश हो, त्यही पनि मैले चोरलाई समातेर छाडें । म लेकसाइडमा कुनै ग्याङफाइट र गुण्डागर्दी हुन दिन्नँ । तपाईहरु त्यत्तिकै प्रोपोगाण्ड गर्नुहुन्छ । सुरक्षा भएन भन्नुहुन्छ । पर्यटन व्यवसायीसामु उनले प्रश्न र गुनासो मिसाए–कसैको व्यक्तिगत स्वार्थमा लागेर ९मिडियामार्फत्० भ्रम फैलाउनुहुन्छ । लेकसाइड अहिले शान्त छ । खाने, पिउने र त्यसपछि धेरैथोरै हल्ला गर्ने त नेपालीको बानी नै हो, यसलाई अन्यथा लिनु भएन ।

अब भने उनी अलि रोकिए र सम्झाउन थाले, सुरक्षा र शान्ति सबैको दायित्व हो, पुलिसले मात्र गरेर हुने होइन । निश्चित समय भएपछि त काठमाडौंमा पनि रेष्टुराँमा सर्भिस रोक्ने गरिन्छ । एउटा डिस्कोको स्थान नमिल्दा लेकसाइडमा हल्ला र तानातानको गुनासो आएको भनाइ उनको थियो । मर्यादित भएर व्यवसाय गर्न सुझाव राख्दै उनले आगामी सन् २०२० को नेपाल भ्रमण वर्ष कार्यक्रम सफल पार्न प्रहरीका तर्फबाट सक्दो सहयोग र पहल हुने प्रतिबद्धता जनाए ।

नेपालको पर्यटकीय राजधानी दाबी गरिने लेकसाइडको अतिथि सत्कारसँग अहिले ध्वनी प्रदूषण र अश्लीलताको आरोप जोडिन पुगेको छ । कतिपय रेष्टुराँले ध्वनी प्रदूषण गरेको मुद्दा अहिले अदालतसम्म पुगेको छ । विचार नै नगरी अदूरदर्शी ढंगले यस्तो मुद्दा कतिपय व्यवसायीले अगाडि बढाएको रेवान पोखराका सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले आरोप लगाए । सात आठ वटा डिस्कोमध्ये केहीमा हल्ला भयो होला, तिनको मुद्दा सल्टाएको भए अहिलेको समस्या सबै समाधान हुने थियो, उनले भने ।

केही रेष्टुराँ देखाएर सबैलाई मुछ्न खोज्नु आपत्तिजनक भएको भन्दै उनले अदालतले रेष्टुराँ बन्द गर्न भन्यो भने नेपाल भ्रमण वर्षको मुखमा नकारात्मक सन्देश जाने बताए । रेवान पोखराका महासचिव गणेशबहादुर थापा पनि १३ प्रतिशत भ्याट र आयकर समेत तिरेर कानूनी रुपमा संचालित रेष्टुराँमाथि कसैले आरोप लगाउन नसुहाउने बताउँछन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन पछिल्लो विवादलाई होटल र रेष्टुराबीचको द्वन्द्वजस्तो गरी प्रस्तुत गर्न खोजिनु दुःखद भएको बताउँछन् । उनले थपे, ‘पीडित भएर नै व्यवसायी र नागरिक अदालतमा मुद्दा हाल्न पुगेका हुन् । अरु धेरै सरकारी निकायमा धाउँदा पनि नभएपछि अदालतको शरण लिनु परेको हो । यहाँ त पीडितलाई नै अपराधीजस्तो देखाउन खोजिएको छ,’ उनले थपे, ‘यो खासमा शान्ति चाहने र नचाहनेबीचको मुद्दाजस्तो बन्न पुग्यो । समाजलाई शान्त र कोलाहलमुक्त बनाउँ र लेकसाइड पनि २४ घण्टा नै खोलौं । नौ घण्टा र २४ घण्टा भनेर विवाद नगरौं, सबै मर्यादित बनेर अगाडि बढौं ।

सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराईले डिस्को र डान्सभन्दा बाहिरको अवस्था कोलाहलयुक्त हुने गरेको बताइन् । मर्निङ वाकमा जाँदा डिस्कोबाट निस्कनेहरु होहल्ला गर्दै गरेको आफूले देख्ने गरेको बताउँदै उनले १८ वर्ष नपुगेकालाई डिस्को र डान्समा छिर्न नदिन आग्रह गरिन् । यहीबीच जिल्ला प्रशाशन कार्यालय कास्कीसँग सहकार्य गर्दै अहिले व्यवसायी, प्रहरी र सामुदायिक सेवा केन्द्र लेकसाइडको रात्रीकालीन व्यवसायका लागि आचारसंहिता समेत बनाउने क्रममा रहेका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, रेवान पोखराका अध्यक्ष बुधराज भुजेल लगायतले भनाइ राखेका थिए । साभार ः ई आदर्श डट कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*