September 23, 2021

माता तालबाराही आरती सेवा समितिमा पुनः गिरिराज अधिकारी

रोहीत वस्नेत

साउन १८ पोखरा : माता तालबाराही आरती सेवा समिति पोखराले नयाँ नेतृत्व चयन गरेको छ माता तालबाराही आरती सेवा समिति को प्रथम साधारण सभा तथा प्रथम अबिधेशनबाट गिरिराज अधिकारी अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् ।

तेसै गरी उपाध्यक्ष पदमा मंगल वहादुर नेपाली सचिव पदमा सूर्यनाथ पहारी, सह-सचिव पदमा तुलसी दाहाल, कोषाध्यक्ष पदमा मदनराज न्यौपाने, सह—कोषाध्यक्षमा विनिता अधिकारी बराल तथा सदस्यहरुमा ढाका बहादुर थापा, दुर्गा देवी पहारी, मिना भट्टराई, जुना अधिकारी, विष्णु के.सी., रुद्र भुजेल, भेषराज अधिकारी, रामप्रसाद सिग्देल, भिष्मा नेपाली, मिठु अधिकारी, हिरु पुन र महेश्वर पहारी रहेका छन् ।

नयाँ निर्वाचित अध्यक्ष गिरिराज अधिकारी

पर्यटकीय राजधानी तथा सात तालको बगैचा एवंम् श्वेत हिमश्रृखलाको काखमा रहेको सुन्दर नगरी पोखरा तेसमाथी पनि आन्तरीक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना रहेको स्थान फेवातालको किनारमा धार्मिक तथा संस्कृतिक प्रवद्धनमा टेवा पुग्ने तथा माता तालवाराही देवीको गरिमालाई उच्च राख्ने उदेश्यका साथ दैनिक सन्ध्याकालिन संगीतमय महाआरती पुजन कार्य सञ्चालित गर्न भारतको बनारसबाट विद्यता हासिल गरि आएका रतुवा माई नगरपालिका १० मोरङ्गका मदनराज न्यौपाने तथा कन्काई नगरपालिका १, झापाका उपेन्द्र अधिकारी संगको सहकार्यमा २०७५ असौज २४ गते घटस्थापनको दिन बाट शुरु भएको थियो ।

विश्व प्रसिद्ध महाआरती संचालन गर्दा धार्मिक पर्यटक वृद्धि हुनुका साथै पोखरामा पर्यटकको बसाई लम्बाउने र बेलुकाको समयमा फेवाताल गंगा सागरको किनारमा त्यो ठूलो महाआरती संचालन गर्दा मानिसहरुमा सकरात्मक सन्देश प्रवाह भई विकृति विसंगतीको अन्त्य भई सकरात्मक सोचको भावनामा वृद्धि हुने मानिस गलत कुलतमा लाग्न छोडेर सत्कर्ममा लाग्ने प्रेरणा प्रदान गर्दछ ।

बेलुकाको समयमा मापसे गर्ने लत बसेका मानिसहरुलाई समेत यस आरतीले विस्तारै विस्तारै लत घटाउने कार्य गरेको छ । स्थानिय व्यक्तिहरुलाई बेलुका यो महाआरतीले एक घण्टा ध्यान आकर्षीत गरी योग मेडिटेशन, आत्म सन्तुष्टी, स्वच्छ विचार प्रभाह गराएको छ । पोखरामा पर्यटकको बसाई लम्बाउनु र बिकृति विसंगती र नराम्रो कुलतमा फसेकालाई भावनामा परिवर्तन गराई सकरात्मक सन्देश प्रवाह गर्ने यसको मूख्य उदेश्य रहेको सचिवको प्रतिबेदनमा उल्लेख छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान वहादुर जि.सीले आरती बालेर कार्यक्रमको उद्घाटन गर्दै महाआरतीलाई पर्यटक सँग नजोडी धार्मिक क्षेत्रमा मात्र सिमित राखी अरुलाइ असर नपर्ने गरी अगाडी बढेमा सधै सफल हुने बताए ।

महाआरतीको उक्त अधिवेशनलाई उपाध्यक्ष मंगल वहादुर नेपालीले स्वागत गरेका थिए । पत्रकार सुष्मा पौडेल, पश्चिामाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, वडा नं. ५, का अध्यक्ष धन बहादुर नेपाली तथा वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारीले आरती सधै प्रज्वलित होस कहीले ननिभोस भनेर शुभकामना दिएका थिए ।
यो महाआरती जस्तो महान पुन्य कार्यमा सधै सवैको सहयोगको अपेक्षा गर्दै अगाडी बढीरहने यहाँहरुको तपस्या र ठुलो संर्घषका वावजुत नै आजका दिन सम्म यो महाआरती प्रज्वलीत भैरहेको बताउनु भयो ।

कार्यक्रममा विभन्न संघ संस्था, आर्थिक सहयोग दाताहरु लगाएत पत्रकार फेवा टेलीभिजनका प्रलादचन्द्र घिमीरे र पोखरा पर्यटन समाचारका रोहीत वस्नेतलाई सम्मान गरेका थिए ।
कार्यक्रमको संञ्चालक सह-सचिव तुलसी दाहालले गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*