May 8, 2021

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

साउन १५, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन भनिसकेका छन् । केही दिन अघि पत्रकारसँग ओलीले मन्त्रिपरिषद पुनर्गठनको योजना नरहेको भन्दै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने बताएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा उनको सपथ ४ बजे तय भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*