September 26, 2021

पोखराको पर्यटकीय होटलमा बालिकालाई बन्धक बनाई करणी

साउन ८ पोखरा :

पोखराको एक होटलमा आठ दिनदेखि बालिकालाई बन्धक बनाई करणी गर्ने शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेका छ । मोरङको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ बर्षिय राकेश कुमार कानोडियाले पक्राउ गरेको हो ।

म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक समेत रहेका राकेशले एक बालिकालाई त्यहाँबाट पोखरा ल्याई जबरजस्ती करणी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उदयपुर बस्ने १४ बर्षीया बालिकालाई पोखरा लेकसाईड डिहिकोपाटनको एक होटलमा राखेर जबरजस्ती करणी गर्दै आएको बालिकाको बयान छ ।

बालिकालाई होटलको कोठामा राखेर अभिभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोलीले उद्दार गरी अभिभावकको जिम्मा लगाईएको केसीले जानकारी दिए ।
केसीले नाबालिकालाई बिगत ८ दिनदेखि होटलको कोठामा राखी जबरजस्ती करणी गरेको बयानमा बालिकाले बताएको बताए ।

आरोपी राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*