
साउन ७ पोखरा :
पोखरामा बालयौन दुराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ परेका छन् । प्रहरी टोलीलले प्याराग्लाईडिङ पाइलट अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो ।
टोलीले ६३ बर्षिय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
अप्राकृतिक यौन सम्बन्ध राखेको र अन्य कैयन बालक माथि पनि यौन दुराचार गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्की थप अनुसन्धानका लागि राखिएको छ ।
प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको पोखरा ६ डिहिकोपाटन स्थित घरमा अनुसन्धानका छानबिन गरेको छ । उनी कामदार भिसामा तिन बर्ष देखी नेपालमा बस्दै आएका थिए ।
थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको एसपी कार्कीले बताए । by ganthan.com
Leave a Reply