May 8, 2021

पोखरा सिटी टुर गाइडमा पुन: कृष्ण भारती

असार २८, पोखरा
पोखरा सिटी टुर गाइड पोखराले नयाँ नेतृत्व चयन गरेको छ टुर गाइडको प्रथम साधारण सभा तथा प्रथम अबिधेशनबाट कृष्ण भारती अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् तेसै गरी उपाध्यक्ष पदमा दिनेश गौतम, सचिव पदमा आनन्द गुरुङ, कोषाध्यक्ष पदमा सरस्वती थापा खड्का र सह-सचिव पदमा मिरा सापकोटा चयन भएका छन् । तेसै गरी सदस्यहरूमा खमानशिंह गुरुङ्ग र बुद्धीसागर देवकोटा चयन भएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रथम अधिवेशनमा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी टीकराम सापकोटाले पर्यटकको बसाइ अवधी लम्बाउन तथा पर्यटन क्षेत्रको बारेमा सही सुचना प्रदान गन गाइडको मुख्य भूमिका रहने बताए ।

पोखरामा रहेका पर्यटन संघ सस्थाको प्रतिनिधीत्व गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्चीवी पोखरेलले गाइड भनेपछि शिक्षित हुनुपर्ने पर्यटकीय क्षेत्रको बारेमा गहीरो अध्ययन हनु पर्ने तथा आफूले ज्ञान हासिल गरेको कुरा टिचरको रुपमा अरुलाइ बुझाउनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले सबै भाषाको ज्ञान हुनु नै गाइडको परिचय हो पाहुनाहरुलाइ सत्य कुराको सूचना संप्रेषण गर्न कहील्यै पछि नपरी अगाडी बढ्न आग्रहका साथ पर्यटन बोर्डले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा सिटी टुर गाइडका अध्यक्ष कृष्ण भारतीले हामी पोखरामा सबैभन्दा सानो र कान्छो संस्था भएकाले सबै अग्रज संस्थाहरुको सहयोग र सुझावको खाँचो रहेको सवै संस्थाहरुसंग हातेमालो गरेर अघि बढ्ने बताए ।

पोखरा सिटी टुर गाइड २०७५ साल असौज ९ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई कृष्ण भारतीको अध्यक्षतामा ९ जना तदर्थ समिति गठन गरीएको थियो भने छोटो समयमा विभिन्न सामाजीक कार्यहरु सरसफाइ, अन्तरक्रिया कार्यक्रम , मेलमिलाप, भाईचारा कार्यक्रम तथा डाटा कलेक्शन कार्य पनि गर्दै आएको सचिवको प्रतिशेदनमा उल्लेख छ । तदर्थ समितीका सचिव निर्मला सुवेदीले कार्यक्रम संञ्चालन गरेकी थिइन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*