May 12, 2021

पर्यटक भिसा शूल्कमा परिमार्जन १० वर्षपछि बढेको भिसा शुल्क साउनबाट लागू

असार,२६ काठमाडौं

पर्यटक भिसा शूल्कमा परिमार्जन भएको छ १० वर्षपछि बढेको पर्यटक भिसा शुल्क साउनबाट लागू हुने । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउन १ गतेबाट कार्यान्वयनमा आउने भएको छ । १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो ।

अध्यागमन विभागका अनुसार भिसा शूल्कलाई समयसापेक्ष बनाउने नीतिअनुसार भिसा शुल्क परिमार्जन गरिएको हो ।

पछिल्लो १० वर्षदेखि १ रुपैयाँ पनि नबढेको शूल्कमा हामीले यसपटक सामान्य परिमार्जन गरेका छौं विभागका महानिर्देशक इश्वरराज पौडेलले भने, ‘भिसा शुल्कलाई समसामयिक बढाउने प्रक्रियाको थालनी मात्र भएको हो ।

पछिल्लो सयम सरकारले भिसा शूल्क, भिसाका प्रकार, अवधि तथा अन्य विषयलाई समानतामा आधारित बनाउने नीति लिएको छ । सोहीअनुसार अमेरिकी नागरिकलाई सरकारले नेपालमा ५ वर्षे बहप्रवेशी भिसा दिन थालिसकेको छ । अमेरिकाले पनि नेपालीलाई मल्टीपल भिसा दिन्छ । नेपालले १० वर्ष मुनिका अमेरिकी बालबालिकालाई भिसा शुल्क छूट दिने गरेकामा त्यो हटाइएको छ । अमेरिका सरकारले पनि नेपाली बालबालिकालाई भिसा शूल्क लिन्छ ।

महानिर्देशक पौडेलका अनुसार भ्रमण वर्ष २०२० अगाडी पर्यटकमा नकारात्मक असर र सन्देश नजाओस भनेर सामान्य शूल्क वृद्धि गरिएको हो । यो अभियान सम्पन्न भएपछि भने सबै मुलुकमा समानताका आधारमा शूल्क कायम हुने उनले जानकारी दिए ।

उदाहरणका लागि तपाईं स्वीडेनको भ्रमणमा जाँदा उसले १ सय डलर लिन्छ भने स्वीडेनको नागरिक नेपाल आउँदा पनि १ सय डलर नै तिर्नुपर्नेछ,’ उनले भने, ‘हामी त्यही सिद्धान्तमा जानुपर्छ ।

पछिल्लो १० वर्षमा नेपालमा पर्यटकले हवाई भाडा, होटेल, यातायातमा गर्ने खर्चमा उल्लेख्य वृद्धि भए पनि भिसा शूल्क भने परिमार्जन भएको थिएन । सरकारले गैरकर राजस्वका दरलाई हरेक वर्ष परिवर्तन गर्नुपर्ने महानिर्देशक पौडेल बताउँछन् । अहिले बढेको शुल्कले भ्रमण वर्षलाई प्रभाव नपार्ने उनको भनाई छ ।

विभागकाअनुसार नेपालले अहिले पर्यटकबाट लिने शुल्क विश्वस्तरमा निकै कम हो । नेपाल सरकारले चिनियाँ नागरिकलाई भिसा छूट लिएको छ । भारतीय नागरिकले नेपाल आउँदा भिसा नै लगाउनु पर्दैन । तर, पर्यटन आगमनका दृष्टिबाट यी दुई मुलुकले सर्वाधिक हिस्सा ओगट्छन् । चीन र भारतबाट हरेक वर्ष करीव ४ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेको सरकारी तथयांक रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*