May 12, 2021

असार १५ मा दही चिउराको महत्व

असार १५ पोखरा,

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ असारे गीत घन्की रहेको थियो पर्यटकहरु हीलो खेल्दै मस्त रमाईरहेका थिए भने युवा र युवतीहरु सवै आ-आफ्नो तालमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरीरहेका थिए यो दृष्य थियो पोखरा महतगौडाको “पोखरा सबै मौसमका लागी भन्ने नारा सहित पोखरा पर्यटन परिषद्को आयोजनामा १६ औ असारे रोपाई महोत्सव पोखरा १७ महतगौडामा सम्पन्न भएको छ ।

कृषि प्रधान देश भएकाले मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असार १५ गतेलाई मुलकभर सरकारले प्रत्येक वर्ष धान दिवसका रुपमा मनाइँदै आएको छ । तर मुलुकमा खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत तथा सवै जमिन बाँझो पल्टीएर घाँसे मैदानका रुपमा देखिन्छ ।

किसानहरु वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

उता पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगिता पनि रोपाइ महोत्सवको आर्कषण थियो ।

पोखरा १७ महतगौडाका ऋषिराम भण्डारीको ४ रोपनी क्षेत्रफलमा चार हल गोरु नारेर रोपाई महोत्सव गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोख्रेलले वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*