October 24, 2021

नेपाल मै पहिलो महोत्सव : रेवान

असार ९ पोखरा
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले नेपाली खाना प्रर्वद्धनात्मक महोत्सव २०७६ गर्ने भएको छ । पत्रकार सम्मेलनमा नेपाली खानाको प्रर्वद्धन र बाजाररिकरणको हेतुले नेपालमा पहिलो पटक यस्तो महोत्सबको आयोजना गर्ने लागेको आयोजकले जानकारी दिएका छन ।

असार १३ गते पोखराको लेकसाइड स्थित बाराही खेलकुद मैदानको चौरमा एक दिन मात्र महोत्सब हुने भएको छ । नेपाली दाल, भात, तरकारी र टिमुरको अचारसहितको खाना संसारको कुनै अर्को भान्छामा पाक्दैन भन्दै, खानाको परिकार पस्कने गरि महोत्सवको आयोजना गर्ने लागिएको अध्यक्ष भिसेन भुजेलले बताए ।

महोत्सवमा थकाली खाना, गुरुङ खाना, नेवारी खाना, थारु खाना र केराका परिकारहरुको स्वाद दर्शकहरुले लिन पाउने छन । ५ वटा स्टल रहने उक्त महोत्सवमा राष्ट्रिय र अन्तराष्ट्रिय गरि करिब ५ हजार दर्शकहरुको उपस्थिति रहने अनुमान रहेको छ ।

बेलुका ५ बजे बाट राति ११ बजे सम्म चल्ने फेस्टिबलको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङले गर्ने तथा कलाकारहरुको सांगितिक प्रस्तुति सहित स्वागत गरिने कार्यक्रमका संयोजक गणेश बहादुर थापाले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*