
असार १ पोखरा :
गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६ र ७७ का लागि ३२ अर्बको बजेट ल्याउदै छ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले करिब ३२ देखि ३४ अर्व हाराहारीमै बजेट ल्याउने तयारी भएको बताएका छन् । यसै गरी पर्यटनको क्षेत्रमा ६७ करोड ६० लाख मात्र बजेट विनियोजन गरिएको छ । यसरी हेर्दा पर्यटन क्षेमा बजेट कम भएको देखिएको छ । ।
पर्यटन क्षेत्रको पूर्णपाठ यसप्रकार रहेको छ ।
पर्यटन क्षेत्रको एकीकृत विकास
पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधि लम्बाउने तथा निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्ने अतिथिदेवो भवः अभियानलाई निरन्तरता दिने व्यवस्था गरेकोछु ।
१) पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गरिनेछ। प्रकृति, संस्कृति र साहसिक पर्यटन समेट्ने गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरूयोजना तयार गर्न रू १ करोड विनियोजन गरेकोछु । साथै पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्रको स्थापना गर्न रू ५ करोड विनियोजन गरेकोछु ।
२) पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रूपमा लिइनेछ। सन् द्दण्ज्ञढ लाई आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा सन् द्दण्द्दण् लाई छिमेकी आकर्षण पर्यटन वर्षको रूपमा मनाउन रू १ करोड विनियोजन गरेकोछु ।
घ प्रदेश पर्यटक आकर्षक क्षेत्रको रूपमा घोषणा भएका ११० पर्यटन गन्तब्य मध्ये प्रत्येक जिल्लामा ४ गन्तब्यको छनौट गरी जम्मा ४४ गन्तब्यमा पूर्वाधार विकास गर्न रू १७ करोड ६० लाख विनियोजन गरेकोछु ।
द्ध राउण्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग, पार्क, उद्यान तथा भ्यूटावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन रू १८ करोड विनियोजन गरेकोछु। चालु आर्थिक वर्षमा सञ्चालित होमस्टे प्रबर्द्धन कार्यक्रमलाई परिमार्जन गर्दै सञ्चालन गर्न रू २५ करोड विनियोजन गरेकोछु ।
Leave a Reply