November 28, 2021

माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा

माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा फोटो गन्थन डट कम

जेठ २५ पोखरा

पोखराको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउण्ट कैलाश होटलको लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याएका हुन् । ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् ।

अन्तराष्ट्रिय पथप्रर्दशक समेत रहेका उनले जेठ २ गते विहान ७ बजे माउण्ट कैलाश रिसोर्टको लोगो शिखरमा फराएका थिए । सगरमाथा आरोही गेल्जे शेर्पाले शनिबार माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रमका बिच सर्वोच्च शिखर सगरमाथामा रिसोर्टको लोगो पु¥याएको तस्बिर सहितको फ्रेम रिसोर्टका संचालक नरेश भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

रिसोर्टका सांचालक भट्टराइले पोखराको रिसोर्टको लोगो सगरमाथाको शिखरमा पु¥याएकोमा सगरमाथा आरोही शेर्पालाई धन्यवाद दिएका थिए । कार्यक्रममा होटलका संचालक भट्टराईले शेर्पालाई पर्वातारोहण पर्यटन सभावना दुत घोषण गरे । उनले यस अगाडी पनि विभिन्न देशबाट रिर्सोटले तीन वटा अर्वाड पाइसकेको बताउदै यो पनि ठुलो उपलब्धी भएको बताए ।

माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा फोटो गन्थन डट कम बाट

सगरमाथा आरोही शेर्पाले माउण्ट कैलाश रिसोर्टको लोगो सगमाथाको शिखरमा पु¥याउन पाउँदा खुशि लागेको बताए । शेर्पाले पर्वातारोहणका लागि आउने पर्यटक र अन्य घुम्न आउने पर्यटकलाई फरक ढंगले हेर्ने गरिएको बताउँदै सबै खाले पर्यटक एकै उद्देश्यले नेपाल घुम्नु र बुझनु रहेको बताए ।पर्वातारोहणका लागि आउने पर्यटकले बढी खर्च गर्ने भएकोले गण्डकी प्रदेशका उच्च हिमालमा पनि आरोहणलाई आकर्षण गर्ने गरि कार्यत्रलम ल्याउनु पर्ने सुनाए । शेर्पाले सगरमाथा २००८ बाट आरोहण गर्न शुरु गरेका हुन् भने अन्नपूर्ण प्रथम ९८०९१ मिटर० उच्च हिमालको २०१८ मा आरोहण गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*