December 9, 2021

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द

जेष्ठ २४ पोखरा

मुस्ताङ जिल्लाको जोमसोम विमानस्थल २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नु पर्ने भएको हुँदा उडान बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

२० वर्षअघि गरिएको कालोपत्र धावनमार्गको म्याद सकिन लागेका छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । कार्यालय प्रमुख भानु कोइरालाका अनुसार असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उहाँको भनाइ छ ।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । पोखरादेखि २० मिनेटको उडान पछि जोमसोम पुगिन्छ पोखरा–जोमसोम हवाई मार्गमा तारा, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ / २० उडान भर्दै आएका छन् । नेपालको लुक्ला पछीको व्यस्त पर्यटकीय हवाइमार्ग जोमसोमलाइ मानिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*