October 24, 2021

फेवाताल र बेगनास तालमा एक, एक शव फेला

जेष्ठ २२ पोखरा

पोखराका फेवाताल र बेगनास तालमा एक, एक शव फेला परेका छन् ।
बेगनास तालमा एक जनाको र फेवातालमा एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बेगनास तालमा करिब ६० बर्षिय हाल सम्म नामथर वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

त्यसै गरि पोखरा ६ गौरीघाट स्थित रत्न मन्दिरको गेट अगाडी फेवातालमा सिन्धुपाल्चोकको बाणें गाँउका एक युवक मृत फेला परेका छन् ।

करिब २७ बर्षिय थबिन्द्र कोईराला मृत अवस्थामा तालमा फेला परेका छन् । दुबैको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखीको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक गोविन्द्र पुरीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*