May 12, 2021

होटल उद्घाटन गर्न गएका प्रधानमन्त्री हेरर फर्किए

जेष्ठ १८ पोखरा:

पर्यटकीय नगरी पोखराको लेकसाइडमा मापदण्ड बिपरित बनाइएको एक होटलको उद्धाटन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली हेरर फर्किएका छन् ।

पुल्चोक इन्जिनियर कलेजका पूर्व प्राध्यापक समेत रहेका स्थानीय भरत पहारीले मापदण्ड बिपरित निर्माण गरेको १२ तले स्विस इन्टरनेसनल होटलको प्रधानमन्त्रीले उद्धाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

भ्रष्टचारी ठहर भएका भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल भन्ने समाचार विभिन्न संचारमाध्यममा आएपछि प्रधानमन्त्री ओलीले अन्तिम समयमा उद्घाटन गर्ने कार्यक्रम रद्द गरेका हुन् ।

होटलको उद्धाटन गर्ने भनीएको प्रधानमन्त्री ओलीले होटलको निरीक्षण मात्रै गरेर फर्किएका छन्। प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भनिएको स्विस इन्टरनेसनल होटल १२ तलाको बनाइएको छ।
पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ । होटलले साढे तीन तलाको स्विकृति लिएर १२ तला बनाइएको छ । उक्त होटलले सम्पन्नताको प्रमाणपत्र लिएको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*