May 8, 2021

आँखामा राखे पनि नबिझाउने लालगेडी जस्ता रवीन्द्र : अव सम्झना मात्र

जेष्ठ १८ पोखरा
पोखरामा शनिबार रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको औपचारिक घोषणा गरेका छन् । आँखामा राखे पनि नबिझाउने लालगेडी जस्ता रवीन्द्र जस्तो सुकै समस्या आएपनि हसिलो मुहार उनको पहिचान आज हामी सामु रहेन रह्यो त एउटा सम्झना मात्र !

सभागृहमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै स्वर्गीय अधिकारी वाइडवडी जहाज खरिद प्रकरणमा निर्दोष रहेको बताएका छन् । वाइडवडी जहाज खरिद प्रकरणमा उहाँको कुनै संलग्नता नै थिएन, उनी निर्दोष थिए’ उनले भने। ‘संलग्ननै नभएकोलाई निर्दोष भन्न पाइदैन र ? उनले प्रश्न गर्दै भने,’अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने त ?

प्रदेश प्रमुख, मुख्य मन्त्री, रविन्द्र पत्नी तथा प्रधानमन्त्री भावुक मुद्रामा

केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश ब्यक्त गरे । प्रधानमन्त्रीले भावुक हुंदै भने स्वर्गीय अधिकारीले एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।

मञ्चको दाँयाबाँया रवीन्द्रका हसिला तस्विर टाँगिएका थिए । सभागृहहल स्वर्गीय अधिकारीका आफन्त शुभचिन्तकहरुले खचाखच भरिएको थियो भने सवै जना चिन्ताजनक मुद्रामा थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । प्रधानमन्त्रीले भावुक हुंदै भने रवीन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।

रविन्द्रको छोरा प्रधानमन्त्री सँग

अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले एक करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*