May 16, 2021

कास्की प्रहरीका प्रमुखको सरुवा, प्रमुखको रुपमा कार्की आउने

जेठ १३ पोखरा,
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाको १४ महिनापछि प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएको छ ।
कास्कीको नयाँ प्रमुखको रुपमा दानबहादुर कार्की आउने भएका छन् । उनी हाल प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*