August 5, 2021

विप्लव माओवादीले भोली नेपाल बन्दको आवाहन

जेष्ठ १२ पोखरा

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा सरकारले हत्या गरेको भन्दै सोमबार जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ ।

महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै सरकारले भिडन्तको झुठो नाटक रचेर कार्यक्रममा हिडिरहेका घिमिरेको निर्मम हत्या गरेर भन्दै नेपाल बन्दको आवाहान गरेको जनाएका छन् ।

जनमुक्ति अभियानलाई नरोक्न समेत विप्लव समूहको सरकारलाई चेतावनी छ । विप्लवले घिमिरेको हत्या प्रकरणको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् ।

घिमिरेको हत्यालाई लिएर पार्टीले बिरोधको कार्यक्रमहरु गर्दै आएको छ । जेठ १० र ११ गते सरकार विरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रम १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको हो ।

यसै गरी काठमाडौं घट्टेकुलो र सुकेधारामा विस्फोट भइ आज तिन जनाको मृत्यु ७ जना घाइते भएका छन् । घट्टेकुलो विस्फोटमा विप्लव समूहको संलग्नता पुष्टि भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*