May 6, 2021

पोखराको फेवातालमा विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास

जेष्ठ १० पोखराः
शुक्रबार दिउँसो नत हावा नतहुरी तर फेवा तालमा डुंगा एक्कासी डुबे । डुंगाडुबे संगै तालमा डुबेकालाई बचाउन मोटरबोट दौडे त्यस पछी डुवेकाको उद्धार भयो तर दुर्भाग्यबश तीन जना तालामाडुबेर हराए । हराएकालाई खोजीकार्यको लागी गोताखोरको टोली नेपाली सेनाको हेलिकप्टरबाट डोरी मार्फत तालमा झरेयो । उद्धारमा खटिएका उद्धार कर्मीले कुशलता पूर्वक घाइतेलाई सुरक्षित रुपमा हेलीकप्टरमा झुण्डीएर फेवातालबाट लगभग ४,५ किलोमिटर टाडा पोखरा विमानस्थलमा पुराए ।

विमानस्थलबाट घाइतेलाई एम्बुलेन्समा राखेर उपचरका लागि अस्पताल लगियो ।
पोखरामा केही दिन देखि चली रहेको विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा बिपत पर्दा हुने जोखिमका बेला गर्ने उद्धार कौशल अन्य देशका सैनिकलाई देखाए ।

अभ्यासमा अमेरिका, नेपाल सहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडा सहति ६ देशको सहभागीता रहे पनि तालमा भएको उद्धार अभ्यास भने नेपाली सेनाको मात्र सहभगीता रहेको थियो ।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता थियो ।

जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ स २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*