May 12, 2021

नाटाको टोली लोमान्थाङ हुँदै कोराला नाका तर्फ

जेष्ठ १० पोखरा :

पर्यटन प्रवद्र्धन गर्न नाटा गण्डकी प्रदेशको टोली लोमान्थाङ हुँदै कोराला नाकासम्म भ्रमण गर्ने ।

जेठ ११ देखि ५ दिने भ्रमणमा नाटा गण्डकी प्रदेश संघमा आवद्ध सदस्य, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटकीय संघ संस्थाका प्रतिनिधि सहित ३६ जनाको जम्बो टोली शनिवार त्यस स्थान तर्फ प्रस्थान गर्ने छ ।

पोखराबाट प्रस्थान गर्ने टोलीले बाग्लुङ, म्याग्दी र मुस्ताङको लोमाङथाङमा अन्तरक्रिया, भेटघाट तथा पत्रकार सम्मेलनसमेत गर्ने नाटाका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

भ्रमणले गण्डकी प्रदेशको प्रर्यटन प्रबद्र्धन र आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्न महत्वपूर्ण भ्रमिका खेल्ने संस्थाका महासचिव हरिराम अधिकारीले बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी गोपी भट्टराईले भ्रमण टोलीलाई फस्ट एड बक्स प्रदान गरे । भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणीलामिछानेले आन्तरिक भ्रमण वर्ष २०१९ तथा नेपाल भ्रमण बर्ष २०२० सफल पार्न यो भ्रमणले धेरै सहयोग गर्ने वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*