May 15, 2021

फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरले दियो १५ दिने अल्टिमेटम

जेष्ठ ९ पोखरा

पोखरा– फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने भएको छ । पोखरा महानगरपालिकाले बिहीबार सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउन अल्टिमेटम दिएको हो ।

मापदण्डभित्र बनेका संरचना हटाउन १५ दिनको समय दिएका छौं,’ पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरमा एक्सनमा जान्छ ।

ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा संरचना हटाउने उनले जानकारी दिए ।
ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चको फैसलाले आदेश दिएको थियो ।
त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुअब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिइएको थियो ।
सूचनालाई बेवास्ता गरि आलटाल गरेमा महानगर आफैंले हटाउन परेमा जति संरचना छन् भत्काउने उनले सुनाए ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गएको वर्ष बैशाख १६ गते सर्वोच्चले फैसला गरेको थियो । आदेशमा फेवातालको ६५ मिटर मापदण्डटर कायम गर्न÷गराउन उल्लेख गरिएको छ ।
फेवातालको मापदण्ड कायम गर्नका लागि प्रदेश सरकारले गएको मंसिर ६ गते सर्वोच्चको पूर्णपाठ पाइसकेको छ ।

गएको माघ १० गते गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन ११ सदस्यिय समिति समेत गठन गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*