May 12, 2021

यती एयरलाईनसले ल्यायो ठुलो जहाज


बैशाख १४ काठमाण्डौं
यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ । एयरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाण्डौं ल्याएको हो ।

अव यति एयरलाइन्ससँग ४ वटा एटिआर–७२ जहाज, एउटा एटिआर–४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १० पुगेको छ ।

आन्तरिक उडानमा यतिले अहिले भद्रपुर, विराटनगर, पोखरा, भैरहवा, चितवन, धनगडी, नेपालगन्ज लगायतका गन्तव्यमा उडान भर्दै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*