May 15, 2021

गणतन्त्रपछि पहिलो पटक राष्ट्रिय ध्वजावाहक विमान चार्टर : राष्ट्रपति चिन जादै

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चिन जाने निश्चित भएको छ। गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो । आज कान्तिपुर डेलीमा समाचार छ ।

यसअघि राष्ट्रपति कमर्सियल उडानमा दिल्ली र बैंकक जानुभएको थियो, निगमका एक अधिकारीले भने, ‘हाम्रो विमान चार्टर नै गरिएको गणतन्त्रपछि पहिलो पटक हो । निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए।

उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो। ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ, स्रोतले भन्यो। निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिर्नु नपर्ने जनाएको छ। तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ।

निगमको आन्तरिक मापदण्डअनुसार यस्तो उडानमा तीन जना पाइलट अनिवार्य हुन्छन् । ‘भिभिआईपी उडानमा एक जना प्रशिक्षक पाइलट ९आइपी० र अरु दुई सिनियर क्याप्टेन वा यस्तै टिम रहनेछ,’ स्रोतले भन्यो।

राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उक्त उडानमा ७० देखि ८० जना नेपाली रहने परराष्ट्रले निगमलाई जानकारी गराएको छ । ‘राष्ट्रपतिको भ्रमण दललाई काठमाडौंबाट सियान र त्यहाँबाट बेइजिङसम्म निगमको विमानले पुर्याउनेछ, स्रोतले भन्यो । अहिलेसम्म चीनका कुनै पनि सहरमा निगमको उडान छैन । यो चार्टर उडान भएकाले निगमले पहिलोपटक विमान राजकीय भ्रमणमा पठाउन लागेको हो।
काठमाडौंबाट सियान पुग्न चार घन्टा र त्यहाँबाट बेइजिङलाई दुई घन्टा हाराहारी लाग्छ । काठमाडौंदेखि बेइजिङसम्म कुनै पनि व्यावसायिक एयरलाइन्सको उडान छैन । सियान–काठमाडौं रुटमा तिब्बत एयरलाइन्सले सेवा दिइरहेको छ ।

भीभीआईपी उडान वैशाख ११ गते ११ बजे बिहान काठमाडौंबाट हुनेछ । उडानको समयमा नोटाम ९उड्डयनकर्मीहरूका लागि जारी हुने सूचना० लागु हुनेछ । अर्थात उक्त उडानको आधा घन्टा अघि तथा पछि मात्रै अन्य व्यावसायिक एयरलाइन्सका उडान हुनेछन् । भिभिआईपी उडानको समयमा अन्य व्यावसायिक उडान हवाई सुरक्षाका कारण रोकिन्छन् । राष्ट्रपतिलाई १२ गते बेइजिङ पुर्याएर निगमको विमान १३ गते रित्तै काठमाडौं फर्किनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङ्गपछि नेपाली टोली ल्हासा जाने कार्यक्रम छ । ल्हासाबाट फर्किदा निगमको जहाज हुनेछैन । उक्त रुटमा एयरबसको ३२० उपयुक्त मानिदैन । बढी उचाइमा पर्ने भएकाले त्यस क्षेत्रबाट एयरबसका ३१९ सिरिजका विमानले ल्हासा–काठमाडौं–ल्हासा उडान गर्छन् । ती विमानमा एयरबस ३२० को दाजोमा अक्सिजनको उपलब्धता राम्रो हुन्छ ।

ल्हासाबाट टोली चिनियाँ विमानमा फर्कनेछ । निगमले एउटा जहाज तीन दिनका लागि भिभिआईपी उडानमा पठाउँदा काठमाडौंबाट हुने यसका अरु अर्न्तराष्ट्रिय सेक्टरमा खासै प्रभाव नपर्ने दाबी गरेको छ । एउटा विमान चार्टरमा पठाउदा यता अरू उडानमा आधारएक घन्टा हाराहारी असर पर्न सक्ला, स्रोतले भन्यो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*