September 26, 2021

नेपाल अव अन्तरिक्ष युगमा

बैशाख ५ अमेरिका:

नेपालको आफ्नै स्याटलाइट भू–उपग्रह अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज बिहान २ः३१ बजे नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस मा प्रक्षेपण गरिएको हो ।
यो भू–उप्रगहलाई ‘नेपालीस्याट –१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने बताइएको छ ।

भू–उपग्रहले नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि सूचनाहरू प्राप्त गर्न सक्नेछ । नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत सहभागी थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको भन्दै नेपालको प्रतिष्ठा बढेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।

आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट(१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।

‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्विमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु’ प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन् ।

नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।

नेपाली स्याटलाइटको प्रक्षेपणपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि खुशी व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले एक सन्देश जारी गर्दै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको र सानै प्रयास भएपनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुशी र गौरवको कुरा भएको बताएका छन् ।

‘यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु । यो सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० र नेपाली वैज्ञानिकहरुलाई म धन्यवाद दिन चाहन्छु । यो प्रक्षेपणपूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुमा शुभकामना व्यक्त गर्दछु’ उपराष्ट्रपति पुनले सन्देशमा भनेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*