September 23, 2021

पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग पूरा


बैशाख ४ पोखरा,
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम पूरा भएको छ ।

अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन ९यात्रु जहाजमा चड्ने र ओलेने स्थान०, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको आवश्यकता परे जहाज ल्याण्ड गर्न सकिन्छ विमानस्थलका बरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले बताए उनले रनवे पिच नभई ढलान भएको छ ।

सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको पौडेलले बताए । अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन वे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ । सन् २०२१ को जुलाई सम्म पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको उनको भनाई छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्रा्ष्ट्रिय उड्डयन संस्था ९आइकाओ० को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*