September 26, 2021

बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी कार्कीको सरुवा

फागुन ३ पोखरा

पर्यटकीय नगरी पोखराको लेकसाइडको वडा प्रहरी कार्यालय बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी नबिन कार्कीको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट जान लागेका प्रहरी नायव उपरीक्षक नवीन काकीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले एक कार्यक्रमका बीच आगामी कार्यकालको शुभकामना सहित बिदाइ गरेको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले कास्की प्रहरी सफल हुनुमा वडा प्रहरी कार्यालय वैदामको प्रमुख भुमिका रहेको वताए ।

गत वर्षको फागुनमा प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बैदाम आएका कार्की करिब एक वर्षपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएको हो । उनको ठाउँमा प्रहरी हेडक्वाटर बाट कोमल शाह आउने भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*