October 23, 2021

बाल-बालिकाको हित र अधिकारका लागि बाल सहयोग केन्द्र रुकुम

रोहीत वस्नेत 

 

 

 

 

 

 

 

माघ २७ रुकुम

अनाथ,असहाय, सशस्त्र द्वन्दकालमा परि बाबुआमाको मृत्यु भएका, अंगभंग भएका,बाबुआमा बेपत्ता भएका तथा जेलमा परेका,असाहय बेसहारा गरिब दुखि पिडित कैयौं बाल बालिका बिस्थापीत परिबारका बालिकालाई सहयोग गर्दे आइरहेको बाल सहयोग केन्द्र रुकुमले सहयोगी हात खोजेको छ । अनाथ तथा असाहाय बालबालिकाका लागि गास, बास, कपास, शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुर्याउने उद्देश्यले बालबालिकाको सहयोगको लागि सहयोगी हातहरु खोजेको हो ।

गत मंसिर ८ र ९ गते बाल सहयोग केन्द्र रुकुमका अध्यक्ष खेम पुनले रुकुमका गरिब परिवारका ४० छात्र तथा ४३ छात्रालाई कापि र न्यानो कपडा उपलब्ध गराएका थिए सोही कार्यका लागि पोखराका विभिन्न व्यक्तिले सहयोग गरेका थिए ।

सहयोग केन्द्र रुकुम संस्थामा संचालन को लागि कुनै बिदेशी ( डोनर ) दाता हरु पनि छैनन । रुकुममा हाल सम्म राज्य को नजर नपुग्नु भनेको बडो दुखद कुरा हो किन भने सशस्त्र द्वन्दकालको शुरुवात भएको पहिलो ठाउँ रुकुमलाइ मानिएको छ । त्यसकारण यस्ता पवित्रखालका सामाजिक सेवा कार्य गर्ने संघ सस्था लाइ राज्यको सम्बन्धित निकायको ध्यान आकर्षण हुन् नित्यान्त आवस्यक देखिन्छ ।

सस्था संचालन को लागि घर भाडा, नानिबाबु हरुको खानपिन किताब कापी,स्कुल फिस आदि समेत जोहो गर्न धौ धौ परेको अध्यक्ष खेम पुन बताउँछन् । उनले अगाडी भन्छन् नेपालमा कानुनीरूपमा १६ वर्ष भन्दा कम उमेरका केटा वा केटीलाई बाल-बालिकाको सङ्ज्ञा दिइएको छ । त्यसैले बाल-बालिकालाई श्रमिक बनाउनु अवैधानिक, अनैतिक र समाज विरोधी कार्य हो । यति हुँदाहुँदै पनि गरिबीका कारण अधिकांश बाल(बालिकाहरू विभिन्न कलकारखाना, रेष्टुरेन्ट, होटलका साथ-साथै हुनेखाने व्यक्तिहरूका घरमा काम गर्न बाध्य छन् । पुस्तक, कापी र कलम च्यापेर विद्यालय जानुपर्ने बेलामा उनीहरू कामको थुप्रो बोकेर बाँच्न विवश छन् ।

गरिबीका कारणले बाल(बालिकालाई बाबु-आमा स्वयंले काम गर्न राखिदिने चलनले उनीहरूको शिक्षा, स्वास्थ्य, खाना, लुगाजस्ता आवश्यकताहरू पूर्ति गरिएको छैन । यदि, साच्चै नै बाल-बालिकाको हित र अधिकारका लागि काम गर्ने हो भने र बालअधिकार सुनिश्चित भएको समाज निर्माण गर्ने हो भने बाल-बालिकाको विकासकालागि भनिएका कुराहरू व्यवहारमा लागू गर्न आवश्यक छ ।

बाल-बालिकाको अधिकारका लागि काम गर्ने हो भने : यस्ता बालबालिका लाइ सहयोग गर्नु पर्छ ।
(१)सडक बालबालिका, (२) जोखिमपूर्ण श्रममा परेका बालबालिका, (३) हराएका तथा वेवारिसे बालबालिका, (४) जवरजस्ती श्रमबाट पीडित बालबालिका,(५) शारीरिक तथा मानसिक यातना, भेदभाव, श्रमशोषण जस्ता दुव्र्यवहार पीडित बालबालिका (६) यौनशोषण, यौन दूव्र्यवहार, बेचबिखन र ओसारपसारमा परेका बालबालिका (७) हिंसा तथा द्वन्द प्रभावित बालबालिका

आफ्नो शरीरका मुख्य अंगहरु मुटु, आँखा तथा मृगौला पूर्णरुपमा दान गरी सकेका खेम पुन भन्छन् (म छोरो मान्छे भए पनि) म एक गरिब निमुखा, बेसहारा,अनाथ नानि बाबुहरुको आमा हु !

मेरो कुनै निजि स्वार्थ छैन, यी नानि बाबु हरुलाई सस्था मा राखेर उनि हरुले पढ्न चाहे सम्मको शिक्षा हासिल गराएर भबिष्य मा उनि हरुको स्वइच्छा अनुसारको शिक्षा प्रदान गरेर आफ्नो खुटामा स्वय स् आफै उभीन सक्ने सम्मको बनाइदिने मेरो र यस सस्था को लक्ष्य हो । यो लक्ष्य सम्म पुग्न आफु जस्तो सुकै परिस्थितीलाइ पनि सामना गर्न पछि नहट्ने बताउन्छ । म अन्य अत्याचार को जालो लाई काट्न ,समाजमा केही गर्ने भन्ने सोचको व्यक्ति हु ।

अन्यात्मा मेरो र यो सस्था को केहि कुरा हरु सामाजिक संजाल र अनलाइन मिडिया ग्रुप मा राख्न पाउने मौका दिनु भएको मा सर्ब प्रथम पर्यटन समाचार लाइ हृदय देखि नै धन्यबाद दिन चाहान्छु

साथै बाबु नानी हरुको लागी सस्थाको नाममा आर्थिक , भौतिक सहयोग पुराउनु हुने सम्पूर्ण महानुभाव हरुमा हार्दिक कृत्यज्ञताका साथ धन्यबाद दिन चाहान्छु

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*