May 12, 2021

कास्कीको काँडेमा हिउँ खेल्दै पर्यटक रमाए ।

माघ २६ पोखरा

कास्की जिल्लाको काँडेमा हिउँ परेपछि हेर्न जानेको बाटोमा लर्को लागेको थियो। आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । काँडे तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो ।

हिउँमा रमाउनको लागि पोखराका असपासका मान्छेहरू बिहानै देखि काँडेमा गएका थिए। बुधबार देखि पानी परिरहेको थियो र चिसो बढे सँगै काँडेमा हिउँ परेको हो। हिउँको अनुभव लिनको लागि साना केटाकेटी देखि ठुला मान्छेहरू बिहानै देखि काँडे गएका थिए ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।

धेरै बर्ष पछि परेको हिउँमा रमाउनकका लागि आउने मान्छेको भिड देखेर स्थानीय बासिन्दा चकित परेका थिए। मोटरसाइकल स्कुटर ट्याक्सी बसमा हजारौं मान्छेहरू गएका थिए ।

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन्  । पोखराबाट हिउँ खेल्न पुगेका पर्यटकले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए । फुसफुस झर्दै गरेको हिउँको अनुभव आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साटे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*