October 23, 2021

रेवान पोखरामा मजदुरले गरे ताला बन्दी ।

माघ २३ पोखरा

रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत शुल्क तिर्नु नपर्ने रेवानको निर्णयका विरुद्ध मजदुर युनियनहरु संघर्षमा उत्रिएका छन् बुधबार विहान ७ ३० बजे करीव ५० जना जतीको एक टोलीले रेवान पोखराको कार्यालयमा नारा लगाइ तालावन्दी गरेका छन् ।

व्यानरमा लेखिएको कुरा जस्ताको तस्तै

रेवानले गरेको सेवा शुल्क खारेजी सम्बन्धि निर्णय फिर्ता नलिए सम्म नेपाल सरकारले दिएको न्युतम वेतन लागु नगरे सम्म श्रम ऐन पूर्णरुपमा कार्यान्वयन नगरे सम्म रेवान पोखरामा लगाइएको यो ताला खोलिने छैन ।
नोट ः जवरजस्ती ताला खोलीएमा यसको परिणाम राम्रो हुने छैन

संयुक्त संघर्ष समिति
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर यूनियन, नेपाल होटल तथा पर्यटन सम्बद्ध श्रमिक संघ

भनेर लेखिएको व्यानर रेवान कार्यालयको मुल गेटमा टासिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*