July 24, 2021

लेकसाइमा मजदुर आन्दोलन जारी पर्यटन क्षेत्र थप तनावग्रस्त

माघ २२ पोखरा

रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) ले होटल तथा रेष्टुराँहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत शुल्क तिर्नु नपर्ने रेवानको निर्णयका विरुद्ध मजदुर युनियनहरु मंगलवार पनि संघर्षमा उत्रिएका छन् ।

दश प्रतिशत सेवा शुल्क लागु नभए सम्म हाम्रो आन्दोलन जारी छ, मजदुरमारा रेवान मुर्दावाद, सामाजिक सुरक्षा लागु गर, नयाँ श्रम ऐन लागु गर, मजदुरमारा व्यावसायीहरु होसियार लगायतका प्लेकार्ड तथा झण्डा बोकेर लगभग ५०० को हाराहारीमा पर्यटकीय क्षेत्रको खहरेचोक, हल्लनचोक, सेन्टर प्वाईन्ट लगायत गौरीघाट क्षेत्रमा प्रदर्शन गरेका छन् ।

यसअघी मंगलबार माघ २२ गते बाट हड्तालमा उत्रिने तथा रेवानको कार्यालयमा ताला लगाउने चेतावनी दिएका मजदुरहरुले एक दिन समय थप गरी मंगलबार साझसम्म रेष्टुरेण्ट व्यवसायीहरुले आफुहरुको माग पुरा नगरे बुधबार देखि हड्तालमा उत्रिने चेतानवी दिएका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ , नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ ले रेवानले एकतर्फी गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेकोप्रति तेसलाइ सच्चाउन संघठन र श्रमिकहरु आन्दोलित भएका हुन् ।

यता मजदुर आन्दोलनले पर्यटन बजारको सडक पेटी ताती रहेको छ भने उता पोखरामा लगभग १२, १५ वडा पर्यटन व्यवसायीका जिम्मेवार छाता संगठनहरु पश्चिमाञ्चल होटल संघ, नाटा पोखरा, टान पोखरा, भिटोफ पोखरा लगायत पर्यटन परिषद भित्रका पर्यटन संगठनहरु मौन रहेको देखिन्छ आन्तरीक भ्रमण बर्ष २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० सफल पारौ भनेर विभिन्न कार्यक्रम गरीरहेने यी संगठनहरु मजदुरको आन्दोलका विषयमा मौन रहनुले मजदुर  आन्दोलको गती नबढ्ला भन्न सकिदैन ।

दश प्रतिशत सेवा शुल्क विवादको छलफल गर्न सरकारले आजै व्यवसायी र मजदुर नेताका प्रतिनिधिलाई केन्द्रमा बोलाएको तर रेवानका प्रतिनिधीहरु समावेश भएनन् जसले गर्दा आन्दोलनको विकल्प नरहेको मजदुर नेताहरु बताउँछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*