May 16, 2021

पोखरा घुम्ने निम्तो दिन पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ

माघ २२ पोखरा

भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरुको टोली भारतको सिलगुडीतर्फ प्रस्थान गरेको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशनले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट९बिटिएम०मा सहभागी हुनेछ ।

पाँचदिने सो कार्यक्रममा भारतका महत्वपूर्ण शहर सिलिगुडी र गुवाहाटीमा बजार तथा प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए अध्यक्ष पोखरेलले नेपाली भाषीको बाहुल्य रहेको त्यो ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताए ।

भारतीय पर्यटन व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड अपरेटर एशोसियशन र पर्यटन परिषद्ले संयुक्त रुपमा आ(आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उद्देश्यले संस्थागत सम्झौता गरेर सहकार्य गर्र्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिए । सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का तत्कालीन अध्यक्ष सोम थापा र इथवाका अध्यक्ष सुवासजी चक्रवर्तीले हस्ताक्षर गरेका थिए ।

सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवर्द्धनलगायतका विषय समेटिएको थियो ।  सन् २०१६ देखि शुरु भएको सो कार्यक्रम वार्षिक रुपमा सञ्चालन गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*