September 26, 2021

WOTEFको पदयात्रा पर्यटकका लागि नयाँ गन्तव्यको खोजी

माघ १९ पोखरा

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) द्धारा आयोजना गरीएको (एक दिने) पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती—शिवढुङ्गा—देउराली गैरा—कृस्ती कालिका मन्दिर—भिउटावर—मट्टीखान माउन्टेन रिर्सोट —छोरेपाटन सम्म हाइकिङ्ग  कार्यक्रम सम्पन्न भएको छ ।

उक्त पदयात्रामा लगभग ८० देखि ९० जना पर्यटन व्यवसायी महिलाहरु,नेपाल पर्यटन बोर्डका  प्रमुख लगायत विभिन्न पर्यटन संघ संस्थाका प्रतिनिधिहरु सहभागिता थिए ।
पोखरा महानगरपालिका २१ को कृष्ति भन्ने ठाउँबाट सुरु गरीएको पदयात्रा मट्टीखान भिउटावरबाट पोखरा लगायत पोखराका आसपासका पर्यटकीय ठाउँहरु र हिमाल अवलोकन पछि करिव ३,४ घण्टा जंगल तथा रमाइला गाउँहरुको अवलोकन सँगै छोरेपाटनमा पुगेर समापन भएको थियो ।
नेपाल पर्यटन बोर्डको सहयोगमा भएको पदयात्राका सम्पूर्ण पदयात्रीहरुलाई पर्यटकीय क्षेत्र लेकसाइडको डिहीकोपाटनमा विदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामीछानेले महिला पर्यटन व्यवसायी मञ्चले जोस जाँगरका साथ नयाँ पर्यटकीय  गन्त्व्यको अवलोकन गर्न लागेकोमा खुसि व्यक्त गर्दै महिला पर्यटन व्यवसायी मञ्चको लागी पर्यटन वोर्डले सधै सहयोगको  ढोका खोलेको जानकारी दिदै आन्तिरीक भ्रमण बर्ष २०१९ लाई सफल पार्न यो महिला पर्यटन व्यवसायी मञ्चले ठुलो भूमिका  खेल्न विश्वास लागेको बताउँदै यो पदयात्रामा आफू पनि सहयात्री बनेर सहयोग गर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवी पोख्रेलले महिलाहरु आज यसरी नयाँ पदयात्रामा सहभागी भएकोमा खुसि व्यक्त गर्दै पदयात्राको शुभकामना तथा बधाई समेत दिएका थिए ।
महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष जमुना पराजुलीले पर्यटन महिलाहरु जोस जाँगरका साथ सधै पर्यटन विकासका कार्यमा अगाडी बढी रहने कुरा व्यक्त गर्दै आन्तरीक भ्रमण बर्ष २०१९ तथा नेपाल भ्रमण बर्ष २०२० सफल पार्न महिला पर्यटन व्यवसायी मञ्च सम्पूर्ण कुराहरुमा तयार रहेको WOTEFको पदयात्रा पर्यटकका लागि नयाँ गन्तव्यको खोजी भएको बताउँदै सम्पूर्ण पदयात्रीलाई सहभागी भएकोमा धन्यवाद दिइन ।

महिला पर्यटन व्यवसायी मञ्चकी उपाध्क्ष पार्वती पाण्डेले प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि लगायत सम्पूर्ण पदयात्रीहरुलाइ स्वागत गरेकी थिइन भने महिला पर्यटन व्यवसायी मञ्चकी सचिव उमा रेग्मीले कार्यक्रम संचालन गरेकी थिइन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*