July 24, 2021

फागुनको तेस्रो साता ग्रामिण पर्यटन महोत्सव हुने (भिटोफ)

माघ १८ पोखरा

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले ग्रामिण पर्यटन महोत्सव फागुनको तेस्रो साता गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फागुनको २३ गतेदेखि २५ गतेसम्म संचालन हुने होमस्टे संचालनमा ५० वटा स्टल होमस्टेहरुलाई निशुल्क उपलब्ध गराईने छ भने १० वटा स्टलमा गाउँले खानाका परिकार राखिने भिटोफ गण्डकीका अध्यक्ष रवीन्द्रराज पौडेलले वताए ।

महोत्सव फेवाताल किनार बाराही खेलमैदानमा गर्ने तयारी गरिएको जानकारी दिइयो साथै महोत्सवमा उत्कृष्ठ होम स्टे, उत्कृष्ठ कल्चर, उत्कृष्ठ खानालाई पुरस्कृत गरिनुका साथै महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।

नेपाल पर्यटन वोर्डको सहकार्यमा हुने सो महोत्सव ग्रामीण पर्यटनलाई एक अर्कासँग लिंकेज गर्ने तथा ती ग्रामीण पर्यटनका गन्तव्यहरुको प्रवर्द्धन गर्ने महोत्सवको मूख्य उद्धेश्य रहेको नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए  उनले सन २०२० सम्ममा २० लाख पर्यटक भित्राउने योजनालाई पनि महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले ग्रामीण पर्यटन गण्डकी प्रदेशको निर्विकल्प गन्तव्य भएकाले यसको प्रवर्द्धन गर्न सके देश र समुदायले त्यसको फाइदा लिनसक्ने बताए ।

नेपाल पर्यटन वोर्डको सहकार्यमा हुने सो महोत्सवको अवसर पारी गडण्की प्रदेश भित्रका सबै होमस्टेहरुको अभिलेखिकरण गरिएको होमस्टे दर्पण २०७५ को विमोचन पनि गर्ने तथा ग्रामीण पर्यटन प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाईसमेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने कार्यक्रम रहेको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*