July 24, 2021

पोखरा घुम्ने  निम्तो दिन पर्यटन व्यवसायीहरुको टोली भारत तर्फ जाने

भारतीय पर्यटकलाई पोखरा घुम्ने  निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरुको जम्बो टोली भारत तर्फ जाने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा २२ सदस्यीय टोली यही माघ २२ गते पश्चिम बङ्गाल राज्यको सिलिगुढी जाँदैछ । पाँचदिने सो कार्यक्रममा भारतका महत्वपूर्ण शहर सिलिगुडी र गुवाहाटीमा  बजार तथा प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए  ।

भारतीय पर्यटन व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड अपरेटर एशोसियशन र पर्यटन परिषद्ले संयुक्त रुपमा आ-आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उद्देश्यले संस्थागत सम्झौता गरेर सहकार्य गर्र्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिदै सन् २०१६ देखि शुरु भएको सो कार्यक्रम वार्षिक रुपमा सञ्चालन गरिएको छ । बङ्गाल ट्राभल मार्टमा सहभागी भई आसामसम्म पर्यटन प्रवद्र्धन गर्न जाने कार्यक्रम रहेको बताइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*