September 26, 2021

भिटोफले वाग्लुङमा नयाँ गन्तव्यहरुको प्रवद्र्धन गर्ने

माघ ८ पोखरा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) ले आगामी माघ ११ देखि १३ गतेसम्म बाग्लुङको काँठखोला गाउँपालिका वडा नं ४ र ५ दुइ गाउँमा अध्ययन अवलोकन भ्रमण गर्ने भएको छ ।

भिटोफले नयाँ गन्तव्यहरुको प्रवद्र्धन गर्ने क्रममा वाग्लुङको काँठखोला र फापरखेतको शिवधुरी दुइ मा अध्ययन अवलोकन भ्रमण गर्न लागेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–पोखरा) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले वताए ।

अध्ययन अवलोकन भ्रमणको अवसरमा काँठखोला गाउपालिका र फापरखेत शिवधुरी बाग्लुङ गाउँपालिकामा होमस्टेको उद्घाटन लगायतका अन्य विविध कार्यक्रम गरिने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले वताए ।

नेपाल सरकारले सन २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा भिटोफको नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनले नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउनमा महत्वपुर्ण भूमिका खेल्ने बुझिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*