October 25, 2021

श्री स्वस्थनी व्रत कथा आज बाट आरम्भ (पहिलो दिनको कथा )

माघ ७ पोखरा

सदाको वर्ष झैँ यो वर्ष पनि आजबाट श्री स्वस्थनी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म रहने यो व्रत पौष शुक्ल पूर्णिमा आज बाट आरम्भ हुँदैछ । एक महिनासम्म माघ स्नान गरी श्रीस्वस्थानी माताको व्रत धारणका साथै कथा श्रवण पनि यसमा गरिन्छ ।

देशैभरका विभिन्न मठ मन्दिरमा श्री स्वस्थनी को कथा भक्तजनहरुले श्रवण गर्ने गर्दछन् । यस वर्षको यो पर्व माघ ७ गते अर्थात आजदेखि शुरु भएको छ । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मर्त्य लोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेका थिए ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यो व्रत बस्ने भक्तजनले व्रत अवधि भरी शुद्ध आहार गर्ने गर्छन् । माछा मासु , तामसी खाना , बाहिरको खाना , प्याज लसुनको सेवन गर्दैनन् । यसरी शरिर तथा मनलाई शुद्ध बनाएर व्रत बसिने तथा भगवान्को आराधना गरिने भएकाले यसको महत्व ज्यादै छ अधिकांश नेपालीहरुले यो व्रत बस्ने गरेका छन् ।

श्रीस्वस्थानी परमेश्वरीको बर्णन गर्ने क्रममा यसो भनिएको छ 

अष्टासु च दलेष्वेषु मातृकाष्टथितास्तथा ।
खड्गं त्रिशुलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालंकारभूषिता ।
सुवर्णवद्विका साभा स्वस्थानी परमेश्वरी ।।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*