October 24, 2021

पोखरामा चोरी गर्ने गिरोह पक्राउ

माघ ६ पोखरा
पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोहलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । शुक्रबार पोखराको पृथ्वीचोकबाट शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चितवन राप्ती  नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ छन् । उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य साथीहरुसँग मिलेर  पोखराका विभिन्न चोरी गरेको थप अनुसन्धान खुलेको हो  ।

अनुसन्धानका क्रममावाग्लुङ जैमिनी नगरपालिका ९ घर भई पोखरा २५ हेमजा बस्ने २७ बर्षको खुमप्रसाद थापा र पोखरा ९ पृथ्वीचोक बस्ने २३ बर्षका गगन खवास पक्राउ परे । उनीहरुले समूहमा मिलेर चोरी गरेका कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उनीहरुको साथबाट भारतीय र कतारियन नोट सहित, विभिन्न कम्पनिको मोबाईल, घडी, क्यामेरा, एसडी कार्ड , सुनौलो रङको धातु १७ टुक्रा, टप , मुन्द्रा , झोला , खुकुरी , फलामको छिनो  र एउटा ह्यामर बरामद गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*