May 8, 2021

पर्यटन व्यवसायी भट्टराई परिवारद्वारा विद्यालयलाइ ५ लाखको अक्षयकोष

माघ ६ पोखरा

लेकसाइडका पर्यटन व्यवसायी भट्टराई परिवारले स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्व.माता पूर्णकुमारी भट्टराई (मिठू) को स्मृतीको उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

 छोरा बुहारीहरु चित्रबहादुर भट्टराई, चिनबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, छोरी बिमला अधिकारी भट्टराई र नाती विकास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन रकम हस्तान्तरण गर्दै छोरा गोपीबहादुर भट्टराईले आफ्नों आमाको स्मृती सोही गाउँ र विद्यालयसंग जोडीएकाले छात्रबृत्तिका लागि अक्षयकोष स्थापना गरेको आमाको जन्मस्थलमा रहेको विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि स्थापित अक्षयकोषले जेहेन्दार तथा होनहार विद्यार्थीहरुमा थप हौसला मिल्ने आशा व्यक्त गरे ।

विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका विच स्व.पूर्णकुमारीका परिवारका तर्फबाट उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्का र प्रधानाध्यापक बमबहादुर रानाले संयुक्त रुपमा उक्त रकम बुझेका हुन रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्काले उक्त सहयोग रकम ग्रामिण विद्यार्थीहरुका लागि ठूलो हौसला हुने बताए  ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*